ओमानमा एनआरएन बैधानिक रूपमा दर्ता

मस्कट, ओमान । ओमानमा गैर-आवसीय नेपाली संघ बिधिवत रुपमा दर्ता भएको छ । नेपाली राजदूतावास मस्क्टको विशेष पहल तथा एन आर एन ओमान सस्था दर्ता अभियानकाको लामो प्रयासपछि आधिकारिक रूपमा दर्ता हुन सफल भएको छ।
ओमानको सन्दर्भमा यो संस्था यसरी बैधानिकता पाउने नेपाली संस्थाहरु मध्यको पहिलो हो । कानुनी प्रक्रिया लामो र झन्झटिलो हुने हुँदा सम्भवत अहिलेसम्म कुनै पनि नेपाली संस्थाहरु आधिकारिक रूपमा दर्ता हुन सकेका छैनन् ।
गएको शुक्रबार संस्थाले मस्कटमा आयोजना गरेको नेपाली नयाँ वर्ष विशेष सांस्कृतिक कार्यक्रमको अवसरमा मिनिष्ट्री अफ सोसल वेलफेयर, department of community and club बलम अगिदका प्रतिनिधि राशिदले संस्थाका प्रतिनिधिहरुलार्इ संस्था दर्ता भएको आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा नेपाली राजदूतावस ओमानका प्रमुख रोजिना ताम्राकार, गैर-आवसीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त त्यसैगरी गैर आवसीय नेपाली संघ मध्य पुर्व क्षेत्रीय संयोज डिबी क्षेत्रीले मन्तव्य राख्दै नेपाली नयाँ वर्ष २०७४ को शुभकामना गरेका थिए ।
संस्था दर्ता भएकोमा संस्थाका अध्यक्ष दिपक श्रेष्ठलेले खुशी व्यक्त गर्दै आगामी दिनहरुमा ओमानमा काम गर्नका लागि धेरै सहज हुने कुरा जानकारी गगराएका थिए। उत्त सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका नायिका रजनी केशी तथा गायक दिपक लिम्बूले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए । साथमा ओमानमा रहेका स्थानीय कलाकारहरुले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।