हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ शक्ति र संघीय समाजवादी फोरम एकताको अन्तिम तयारी,नयाँ नाम खोज्दै

काठमाडौं, २६ चैत । वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न भन्दै गठित डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ ।
दुवै दलका शीर्ष नेताहरु यतिबेला एकतापछिको नयाँ पार्टीको नामको खोजीमा छन् । संघीय समाजवादी फोरमका नेताहरुले एकतापछि बन्ने नयाँ पार्टीको नाम दुवै पार्टीको नाम मिलाएर ‘नयाँ शक्ति संघीय समाजवादी फोरम, नेपाल’ राख्न अथवा ‘नयाँ समाजवादी पार्टी, नेपाल’ राख्न प्रस्ताव गरेका छन् ।
नयाँ शक्तिको केन्द्रीय परिषद बैठकमा पार्टीका सहसंयोजक रामचन्द्र झाले नयाँ वर्षको दिन अर्थात् २०७४ वैशाख १ गते पार्टी एकता गर्ने बताएका थिए । तर, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले भने बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यसबारे खुलेर कुरा गरेका थिएनन् ।
पार्टी एकताको लागि वार्ता टोलीमा रहेर गृहकार्य गरिरहेका फोरम नेपालका एक नेताले  भने, ‘कि दुवै पार्टीको नाम मिालउाँ, कि कुनै नयाँ नाम प्रस्ताव गरौं भनेर हामीले धारणा राखेका छौं, नयाँ शक्तिका साथीहरुले नयाँ शक्तिलाई नै निरन्तरता दिन प्रस्ताव गर्नुभएको छ ।’
दुवै पार्टीका शीर्ष नेताहरु यतिबेला नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच आपसी सहमतिमा गठन हुँदै गरेको वैकल्पिक राजनीतिक शक्तिको संगठनात्मक सिद्धान्त एवम् अन्तरिम विधान बनाउन व्यस्त छन् । शुक्रबार बानेश्वरमा एक व्यापारीको घरमा नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकीकरणबारे अन्तिम चरणको छलफल भएको थियो ।
शनिबार साँझ ६ नं. प्रदेशको कार्यक्रमबाट फर्केलगत्तै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एकता तयारीमा भएको प्रगतिबारे जानकारी लिने कार्यक्रम रहेको नयाँ शक्तिका एक नेताले जानकारी दिए ।
‘हामी नामदेखि पार्टीको विधान र नेताहरुको समायोजनको बारेमा अन्तिम गृहकार्यमा छौं,’ वार्तामा सहभागी ती नेताले भने, ‘हामी सम्भावित नामहरुको सूचि र पार्टीको विधान तयार बनाएर शीर्ष नेताहरुको बैठकमा प्रस्तुत गर्छौ र त्यहीबाट अन्तिम निर्णय हुन्छ ।’ एकतापछि बन्ने नयाँ पार्टीले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणासँगै नेपालमा लोकतान्त्रिक राजनीतिक आन्दोलनको एउटा चरण आधारभूतरुपमा पूरा भएको समान बुझाई राख्ने बताइएको छ । यो एकताले नेपालमा एक वैकल्पिक राजनीतिक धार सिर्जना गर्ने नयाँ शक्ति निर्माणको आवश्यकतालाई एक हदसम्म पूरा गर्ने वार्तामा सहभागी नेताहरुको बुझाई छ ।
यस्तो हुनेछ संगठनात्मक सिद्धान्त
नयाँ पार्टीको राजनीतिक मार्गदर्शक सिद्धान्त समुन्नत समाजवादउन्मुख वाम लोकतन्त्र हुने विधान लेख्दै गरेका नयाँ शक्तिका एक नेताले जानकारी दिए । ‘यहाँ वाम शब्दले पार्टीको प्रगतिशील अग्रगमनकारी र अविचलित जनपक्षीय भावनाको अभिव्यक्ति गर्दछ र लोकतन्त्रलाई हामीले उदार वा प्रतिनिधिमुलक लोकतन्त्रको अर्थमा नभई सहभागितामुलक र प्रत्यक्ष लोकतन्त्रका रुपमा प्रयोग गरिएको छ,’ ती नेताले भने । उनले नयाँ समाजवाद राज्य नियन्त्रित समाजवाद नभई समुदाय वा समाज केन्द्रित समुन्नत समाज हुने बताए । यस्तो समाजवादलाई नयाँ शक्तिले समुन्नत समाजवादको नाम दिएको थियो । नयाँ पार्टीले नयाँ शक्तिले अबलम्बन गरेको पाँच ‘स’को अवधारणालाई अबलम्बन गर्नेछ ।
नयाँ पार्टीको विधानमा पनि नयाँ शक्तिले व्यवस्था गरेजस्तै पार्टीको सम्पूर्ण तहमा प्रत्यक्ष मतदानको आधारमा नेतृत्व चयन गर्ने, शक्तिको निक्षेपीकरणलाई प्रोत्साहन गरिने, पार्टी सदस्यलाई नो भोट र प्रत्याह्वानको मत सुरक्षित गरिने प्रावधानहरु राख्नेबारेमा छलफल चलिरहेको ती नेताले जानकारी दिए ।
यसैगरी समानुपातिक समावेशी र सहभागितामुलक प्रतिनिधित्व, पदको मतदान गोप्य विचारको खुल्ला मतदान, बहुहमतको कार्यान्वयन, अल्पमतको सम्मान, शक्ति पृथकीकरणको प्रयोग, राजकीय मनोनयन र पदका लागि आन्तरिक निर्वाचन, मनोनित विभाग, स्थायी र दक्ष कर्मचारी, व्यक्त हैन पद पूर्णकालीन, एक व्यक्ति एक पद, दुई कार्यकाल र स्वायत्त, सबै कमिटी स्वायत्त बनाइने र रचनात्मक आंगिक संगठन नयाँ पार्टीका विशेषता हुनेछन् ।
संघीय ढाँचामा पार्टीको स्वरुप
एकीकरणपछि बन्ने पार्टी संघीय ढाँचाको पार्टी बन्ने विधान निर्माणमा सक्रिय नेताले जानकारी दिए । संगठनहरु प्रत्यक्ष लोकतन्त्रमा आधारित हुने र राज्यको शासकीय ढाँचामा समेत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको मान्यतालाई स्थापित गर्न जोड गरिने कुरा नयाँ पार्टीको विधानमा उल्लेख हुनेछ ।
आठ तहको केन्द्रीय निकायहरु रहने नयाँ पार्टीमा महाधिवेशन, संघीय परिषद्, संघीय समिति, संघीय सल्लाहकार समिति तथा पार्टी संरक्षक समिति, संघीय अनुशासन आयोग, संघीय लेखा परीक्षण आयोग, संघीय निर्वाचन आयोग र संघीय विभागहरु रहने व्यवस्था हुनेछ ।
संघीय समिति अर्थात् केन्द्रीय समितिमा एक अध्यक्ष, ३ सहअध्यक्ष, ७ उपाध्यक्ष, ३ महासचिव, ७ उपमहासचिव, ७ सचिव र एक कोषाध्यक्ष रहने र केन्द्रीय समिति ३०१ जनाको रहनेगरी तयारी भइरहेको वार्तामा सहभागी एक नेताले जानकारी दिए । केन्द्रीय समितिमा ८० प्रतिशत सदस्यहरु प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था गर्न लागिएको उनले बताए । मनोनित हुनेमा समानुपातिक प्रतिनिधित्व र १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नेहरुबाट छनौट गरिने व्यवस्था विधानमा रहनेछ । यसैगरी कुल मनोनित मध्य पचास प्रतिशत नबढ्नेगरी वैकल्पिक सदस्यको व्यवस्था गरिने व्यवस्थालाई अबलम्बन गर्नेगरी विधान तयार भइरहेको ती नेताले बताए ।
नयाँ पार्टीले विशेष संरचना तथा स्थानीय तहको रुपमा जिल्ला समन्वय समिति, निर्वाचन क्षेत्र समन्वय समिति, गाउँपालिका/नगरपालिका समिति/वडा समितिहरु र गैरभौगोलिक विशेष समितिको पनि व्यवस्था गर्ने तयारी गरेको छ । केन्द्र र प्रदेशको निर्वाचन ४/४ वर्षमा गर्ने तयारी गरेको नयाँ पार्टीले गाउँ, नगर, वडाको अधिवेशन भने २/२ वर्षमा गर्ने तयारी गरेको छ । लगातार दुई कार्यकालसम्म मात्र एकजना व्यक्ति अध्यक्ष बन्न पाउनेछ ।
नयाँ पार्टीले जनसंगठन र पार्टी संयन्त्रहरु निर्माण गर्ने तर त्यसलाई संगनात्मक क्षेत्रमा भने आफ्नै विधानअअनुरुप चल्न स्वतन्त्र छाड्ने नीति अख्तियार गर्ने बताइएको छ । पार्टीको झण्डामा भने नयाँ शक्तिको रातो पृष्ठभूमिमा बीचमा सेतो रंगको पाँच कुने तारा भएको चिन्हलाई नै कायम गर्ने सहमति नजिक वार्ता टोलीका सदस्यहरु पुगेको वार्तामा सहभागी एक नेताले जानकारी  दिएको समाचार साझापोस्टमा छ  ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution