तामाङ भाषामा कथा लेखनको प्रशिक्षण
चैत्र २६-याम्बु ,‘तामाङ भाषा र साहित्यको संरक्षण तथा विकास कविता विधाले मात्र नपुग्ने हुँदा अबको दिनमा सबैले तामाङ भाषामा कथा लेखनलाई प्राथामिकता दिनु पर्दछ ।’ तामाङ डाजाङले आयोजना गरेको तामाङ ग्योइकाइ गेताङ –१६३ तथा तामाङ कथा लेखन अन्तरक्रियामा तामाङ डाजाङ मासिकका सम्पादक इन्द्रकुमार तामाङले बताउनु भयो ।
भृकुटी मण्डपमा रहेको मानबिकि क्याम्पसमा आज सम्पन्न तामाङ कथा लेखन कार्यक्रममा साहित्यकार मुक्तान थेबा, नेत्र तामाङ, यकिना अगाध र बिना तामाङले प्रशिक्षनात्मक बिचारहरु राख्नु भएको छ । मुक्तान थेबाले कुनै पनि कथामा आफ्नो विचार सहित दृष्टिकोण आउनु पर्नेमा जोड दिनु भएको थियो । बाल साहित्यकार नेत्र तामाङले हामीले बालबालिकाका लागि निरन्तर लेख्नु पर्ने बताउनु भएको थियो । त्यसैगरी यकिना अगाधले तामाङ भाषामा सबै साहित्यकारहरुले आजैबाट कथा लेखनको शुरुवात गर्नुपर्ने बताउनु भयो भने बिना तामाङले कथा लेखनको आफ्नो अनुभव सहित कथामा घट्ना, परिवेस र पात्रलाई प्राथामिकता दिनुपर्ने बताउनु भयो ।
सोही कार्यक्रममा खोजराज गोले, रेनुका गोले, कबिराज काल्तान, अटुट दोङ, इश्वर थोकर, हिरामाया घिसिङ (कुसुम), बिवेक लोप्चन, रचना मोक्तान, सुनिता तामाङ लामाखोर, अस्मिता घिसिङ लगायतले आ–आफ्नो रचना वाचन गर्नुभएको थियो । तामाङ भाषामा कविता विधा मात्र सक्रिय रहेको यो अवस्थामा अबका दिनहरुमा कथा लेखन पनि सशक्त बनाउने उदेश्यले प्रशिक्षणात्मक कार्यक्रमको अवश्यक रहेको तामाङ डाजाङकी अध्यक्ष सन्चु ब्लोनले बताउनु भएको छ ।
डाजाङ डेक्स्