स्थानीय चुनावका लागि बाबुराम भट्टराईको कार्ययोजना, ‘संगठन विस्तारका लागि उत्तम अवसर’

काठमाडौं, २३ चैत– दलीय चुनाव चिह्न नपाइने भए पनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले आगामी स्थानीय चुनावलाई संगठन विस्तारका लागि उपयोग गर्ने भएको छ ।
काठमडौंमा चैत १५ र १६ गते चलेको नयाँ शक्तिको संघीय परिषद बैठकले पारित गरेको ‘निर्वाचनको तयारी सम्बन्धी कार्ययोजना’मा संगठन विस्तार र पार्टी निर्माणका लागि चुनावलाई उपयोग गर्ने रणनीति लिइएको छ ।
यस्तै चुनाव जित्न सकिने क्षेत्रहरुलाई विशेष महत्व दिने पनि नयाँ शक्तिको रणनीति छ । नयाँ शक्तिले संविधानप्रति असन्तुष्ट रहेका पक्षलाई समेट्ने गरी चुनावी एजेण्डा तय गर्ने पनि रणनीति लिएको छ ।
यसबाट तीन वटै (स्थानीय, प्रदेश र संघीय) तहको निर्वाचनमा बहुमत हासिल गर्न सकिने नयाँ शक्तिको आकल छ । ‘आगामी दिनमा हुन गइरहेका स्थानीय, प्रादेशिक र संघीय निर्वाचनहरुमा प्रतिस्पर्धा गरी मुख्य राजनीतिक दलहरुको सूचीमा आफूलाई स्थापित गर्नु नै हाम्रो उद्देश्य हो,’ नयाँ शक्तिको चुनावी कार्ययोजनामा उल्लेख छ ।
नयाँ शक्तिको चुनावी कार्ययोजना:पूर्ण पाठको लागि क्लिक गर्नुहोस्