स्वयम्भुमा काग्युर पाठ वाचन तथा २४ औ बृहत बिश्व शान्ति पुजा शुरु

याम्बु – नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघ द्वारा बिगतको बर्षहरु झैँ यसपाली पनि काग्युर पाठ वाचन तथा २४ औ बृहत बिश्व शान्ति पुजाको प्रारम्भ गरेको छ | समस्त प्राणीको उद्धार ,राष्ट्रको कल्याण र विश्व शान्तिको लागि यस संघले बिगत २४ बर्ष देखि महान पवित्र तिर्थस्थल स्वयम्भु भगवान पाउमा प्रत्येक बर्ष चैत्र पूर्णिमामा समापन हुने गरी पुजा गर्दै आएको छ |
महासंघ नायक रिन्पोछे धर्मगुरु भिक्षु कर्मज्ञान सागर लामा र खेन्पो पेमा सम्बा लामा लगायत सयौ लामा ,आनी ,ज्योमोहरुबाट १०८ ठेली पवित्र बुद्ध वचन काग्युर त्रिपटक तथा प्रणीधान मोन्लम पाठ वाचनगरी २४ औ विश्व बृहत विश्वशान्ति पुजा गर्न लागेको हो |
पुजा कार्यक्रम चैत्र २२ गते देखि शुरु भएर चैत्र २९ गते पुर्णिमाको दिन बिहान ७ बजे च्योईकोर र औपचारिक कार्यक्रमको साथमा महासंघनायक रिन्पोछे गुरु भिक्षु कर्म ज्ञान सागर लामाको बाहुलीबाट छेवाङ अभिषेक प्रदान गरिने कार्यक्रम रहेको छ |