हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कुवेतमा काम लगाइदिने भन्दै नेपाली चेलीलाई साउदी अरेबिया लगेर बिक्रि

काठमाडौं-नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया लगेर ‘हाउस मेड’ (घरेलु कामदार) का रूपमा बेच्ने गरेको खुलेको छ।

नेपालले महिलालाई घरेलु कामदारका रूपमा साउदी जान प्रतिबन्ध लगाए पनि गिरोहले झुक्याएर कुवेत हुँदै त्यहाँ पु¥याउने गरेका छन् । साउदीमा घरमा काम गर्ने महिलामाथि मालिकबाट शारीरिक, मानसिक र भौतिक यातना दिइने सार्वजनिक भएपछि केही वर्षअघि सरकारले नेपाली महिलालाई त्यहाँ पठाउन रोक लगाएको थियो । विभिन्न गिरोहले नेपाली महिलालाई कुवेतमा आकर्षक काम र दामको प्रलोभन देखाई त्यहाँ पु¥याएपछि साउदी पठाउने गरेको पीडितको भनाइ छ ।

‘मलाई कुवेतमा चिकित्सा क्षेत्रमा जागिर लगाइदिन्छु भनेर पहिला त्यहाँ पु¥याए । त्यसपछि साउदी’, साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासको सेल्टरमा रहेकी एक महिलाले नागरिकसँग टेलिफोनमा भनिन्, ‘पछि थाहा पाएँ, कुवेत ल्याएपछि मलाई साउदीमा बेचिएको रहेछ ।’ ती महिलालाई एक महिनाअघि दमामबाट उद्धार गरी दूतावासले आफ्नो सेल्टरमा ल्याएको हो ।

साउदीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माका अनुसार दूतावास सेल्टरमा अहिले यस्ता १६ महिला छन् । उनीहरू सबैलाई उद्धार गरी ल्याइएको हो । आकर्षक काम र दामको प्रलोभनमा कुवेत पुगेका उनीहरूलाई पछि साउदीका विभिन्न घर मालिकलाई बेचिएको थियो । मालिकको यातना सहन नसकेपछि घरबाट भागेका उनीहरूलाई दूतावासले उद्धार गरी सेल्टरमा राखेको हो । सेल्टरमा आएका धेरैजसो यातनाका कारण मानसिक रूपमा विक्षिप्त छन् ।

‘कुवेत हुँदै साउदी पुर्‍याइएका र वर्षौंदेखि यातना भोगिरहेका १६ महिलाको उद्धार गरी अहिले हाम्रो सेल्टरमा राखेका छौं । यी त हाम्रो सम्पर्कमा आएका मात्र हुन् । साउदीका विभिन्न ठाउँमा यसरी कष्टकर जीवन बिताउन बाध्य नेपाली महिला कति छन् यकिन संख्या छैन’, शर्माले भने । बितेका दुई वर्षमा दूतावासले कुवेतबाट साउदीमा बेचिएका करिब साढे दुई सय नेपाली महिलाको उद्धार गरिसकेको छ । अधिकांशलाई स्वदेश फिर्ता पठाइएको छ । पछिल्ला दिन साउदी सरकारले १५ हजार साउदी रियाल (करिब चार लाख रुपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने नियम बनाएपछि यसरी उद्धार गरिएका नेपाली महिलालाई स्वदेश ल्याउनसमेत कठिनाइ भएको छ ।

इस वर्षको सुरुमै दूतावासले कुवेतबाट साउदीमा बेचिएका नौ महिलालाई उद्धार गरी नेपाल पठाएको थियो । त्यसपछि ११ जनालाई उद्धार गरी घर पठाइएको थियो । कार्यवाहक राजदूत शर्माले भने, ‘कुवेतबाट साउदीमा बेचिएका महिलालाई साउदीमा गैरकानुनी रूपमा राखिएको हुन्छ । कति महिला ८–१० वर्षदेखि यातना सहँदै घरभित्रै थुनिएका छन् । उनीहरूलाई नेपाल पठाउन सजिलो छैन । पठाउनुअघि एक्जिट भिसा लिनुपर्छ । अहिले प्रतिमहिला १५ हजार साउदी रियल जरिबाना नतिरी एक्जिट भिसा दिइँदैन । यो रकम न पीडितले तिर्न सक्छन् न सरकारले नै त्यस्तो व्यवस्था गरेको छ ।’

सुरुमा नेपाली महिलालाई नेपालमा रहेका एजेन्टले विभिन्न प्रलोभनमा पार्छन् । नागरिकता र पासपोर्टसमेत एजेन्टले नै बनाइदिन्छन् । कुवेतका आकर्षक क्षेत्रमा काम दिलाइदिने प्रतिबद्धता गर्छन्। प्रलोभनमा पर्ने महिलालाई एजेन्टले सुरुमा कुवेत पठाउँछन् । कुवेतमा १०–१५ दिन राखेपछि भिजिट भिसामा उनीहरूलाई साउदी पु¥याइन्छ, जुन बेचिने महिलाले धेरैपछि मात्र भेउ पाउँछन् ।

‘साउदीमा बेचिएका महिलामाथि विभिन्न शोषण भएको पाइएको छ । तलब नदिई काम लगाउने, कुटपिटदेखि यौनशोषणसम्म भएको हामीले पाएका छौं,’ कार्यवाहक राजदूत शर्माले भने, ‘नेपाली महिलालाई साउदीमा बेच्नका लागि केही मानिसले कुवेतमा कार्यालय खोलेका छन् भन्ने सुनिएको छ ।’

साउदी र कुवेतबीच खुला सिमाना छ । कुवेत र साउदी दुवैतर्फ घर हुने धेरै छन् । यसैको फाइदा उठाउँदै गिरोहका सदस्यले कुवेत पु¥याएका नेपाली महिलालाई साउदीका घर मालिकलाई बेच्छन् ।

‘कति महिलाले आफूलाई तत्काल उद्धार नगरे आत्महत्या गर्छु भन्दै दूतावासमा फोन गर्छन् । हामी आउँछौं, तपाईं कहाँ हुनुहुन्छ भन्दा ठेगाना बताउन सक्दैनन् । ठेगाना थाहा नहुँदा उद्धार गर्न निकै कठिन छ’, शर्माले भने ।

साउदीमा घरबाहिर महिलालाई एक्लै हिँड्न छुट छैन । एक्लै हिँडेको प्रहरीले देखे पक्राउ गर्छ । यातना सहन नसकेर घरबाट भाग्दा साहुले प्रहरीलाई फोन गरी सामान चोरेको आरोपमा वर्षांैसम्म थुनाउँछन्। घरधनीको अनुमतिबिना प्रहरी भित्र पस्न नपाउने कानुन साउदीमा छ ।

‘विभिन्न गिरोहले गैरकानुनी रूपमा नेपाली महिलालाई साउदी ल्याउँदा हामीलाई थुपै्र समस्या आइपरेका छन् । पहिला, कुन ठाउँमा छन् पत्ता लगाउन गाह्रो हुन्छ । पत्ता लगाए पनि पीडित रहेको घरमा प्रवेश पाउन सकिँदैन । यसले उद्धार गर्न सकिँदैन । उद्धार गरिरहाले पनि १५ हजार साउदी रियल जरिबाना नतिरेसम्म एक्जिट भिसा पाउन सकिँदैन । एक्जिट भिसा नभए नेपाल पठाउन सकिँदैन’, उनले भने, ‘अहिले साउदीले गैरकानुनी रूपमा बसेका विदेशीलाई आममाफी (एम्नेस्टी) घोषणा गरेको छ । यसले एकदुई महिना सहज हुन्छ । त्यसपछि समस्या उस्तै हुन्छ ।’

पीडित महिलाले उद्धारपछि भने दूतावासमा आफूलाई साउदी पु¥याउने एजेन्टको नाम बताउने गरेका छन्। पीडितले गोरखाका हरि ठकुरी र आशा रिजाल, बागलुङ खवाङकी छम विक, बाँके पश्चिम बाँसघारीका सुनिल खड्का, विराटनगरका उजेली लिम्बू र जीवन खवास, प्युठान ओखरकोटका मार्सल विकले नेपालमा एजेन्टको काम गर्ने बताएका छन् । यस्तै, कुवेतमा गीता मगर, छम विकका भिनाजु, सुनिता राई, मीनालगायतले एजेन्टको काम गरिरहेको पीडितको भनाइ छ ।

परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले भने, ‘कुवेत हुँदै साउदी पुर्‍याइएका नेपाली महिलाको उद्धार गर्न कानुनी जटिलता देखिएको छ । हामीले त्यहाँको नेपाली दूतावाससँग समन्वय गरिरहेका छौं ।’ उनले यस्तो समस्या आउन नदिन मन्त्रालय सचेत रहेको बताए। @ नागरिकन्युज |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution