तामाङ सोसाइटी अफ कनेटिकट गठन

कनेटिकट-उत्तरअमेरिका तयारी सम्मेलनका संयोजक शान्ता बाबु थोकर तामाङको प्रमुख आतिथ्यमा तामाङ सोसाइटी कनेटिकटको गठन गरिएको छ | भेलाले तामाङ सोसाइटी कनेटिकट-कार्यसमितिका पदाधिकारीहरुमा अध्यक्ष – रोमी योन्जन तामाङ,उपाध्यक्ष – चुन्टी तामाङ,सचिव-राम तामाङ,कोषाध्यक्ष -राम माया तामाङ,सदस्सहरुमा – राज कुमार तामाङ,धन लामा तामाङ ,माया तामाङ,निशा मोक्तान तामाङ र धावा तामाङ चयन भएका छन् |
तामाङ सोसाइटी अफ अमेरिका अध्यक्ष ईन्द्र बहादुर तामाङ,वरिष्ट उपाध्यक्ष अमृत लामा तामाङ र सल्लाहकार भरत राज मोक्तनले शुभकामना मन्तब्य राख्नु भएको थियो भने महासचिव अमर तामाङले कार्यक्रम संचालन गर्नु भएको थियो |