इजरायलमा हरितालिका तीज पर्व २०७४ सामुहिक रुपमा मनाउने पुर्व तयारी

तेलअविव – प्रवासी भुमि इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक,सामाजिक,धार्मिक,परोपकारी,जातीय,आदिवासी जनजाती लगायत इजरायलबाट संचालित सम्पूर्ण अनलाईन मीडियाहरुको साझा मुल आयोजनामा बृहत सहभागितामा संयुक्त रुपमा महान पर्व हरितालिका तिज २०७४ को उपलक्ष्यमा विशेष “तीज संस्कृतिक मनोरंजनात्मक कार्यक्रम २०७४ आउदो २५ अगस्ट २०१७ (शुक्रबार) आयोजना गर्ने भएको छ |
प्रवासी भुमि इजरायलमा रहनु हुने सम्पूर्ण इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाई तथा साहित्यकार,कलाकार बुद्दिजिबी सबै महानुभावहरुलाई बीच एकबद्धता जनाउदै एकै ठाउँमा बसी सभ्य र भब्य रुपमा एक आपसमा मेलमिलाप,मित्रता र एकताको सन्देश दिनको लागि यस प्रवासी भूमि इजरायलमा रहेका सम्पूर्ण संघ,संस्था,संगठनहरु सम्पूर्णलाई सहभागी हुन् सम्पर्कमा आउनु हुन् हार्दिक हार्दिक विनम्र अनुरोधको साथ आब्हान गरेको छ |
मुख्य विशेषता
१.सबै संघ/संस्था/संगठनहरु मूल आयोजकमा रहेर कार्यक्रमको ब्यबस्थापन गरिने छ |
२.कार्यक्रममा आयोजकहरुको कर्तव्य र दायित्व जिम्मेवारी सबैको साझा,बराबरी हुने छ |
३.कार्यक्रमको लागि सहभागी सबै संघ,संस्था,संगठनहरुको संयुक्त साझ मुलआयोजनामा कार्यक्रम हुने छ |
४.कार्यक्रमबाट बचेको आर्थिक रकम नेपालमा महिलाहरुको उत्थान विकासको लागि कुनैपनि क्षेत्रमा सबैको सल्लाहा सहमतिमा खर्च गरिने छ |
हालसम्म सम्पर्क रहेका संघ/सस्थां/संगठनहरु र सम्पर्क नम्बर :
१.नारीका लागि नारी एक करोड एक रुपैया अक्षयकोष इजरायल,अध्यक्ष : नितु खतिवडा (0536274207)
२.अन्तराष्ट्रिय कलाकार समाज इजरायल , अध्यक्ष :लक्ष्मी अनुरागी (0546596647)
३.नेवा खल इजरायल , अध्यक्ष :आरोह श्रेष्ठ (0584271217)
४.नेपाली जन सम्पर्क समिति इजरायल , सभापति: दीपेन्द्र थापा (0549534544)
५.प्रवासी नेपाली मंच इजरायल , अध्यक्ष: तिर्थ गौतम (0524283877)
६.संघीय समाजबादी फोरम नेपाल इजरायल , अध्यक्ष:सुन्दर योन्जन तामाङ(0526658904)
७.अन्तराष्ट्रिय नेपाली समाज इजरायल ,अध्यक्ष:तेज श्रेष्ठ (0549144745)
८ .प्रवासी नेपाली एकता समाज इजरायल ,अध्यक्ष:रमेश शर्मा (0545680834)
९.विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा ,अध्यक्ष:सानु गुरुङ ( 0543403814)
१० .रेडियो हिमशिखर मिडिया इजरायल ,अध्यक्ष:कृष्ण कुमार रायमाझी(0587600124)