झापाली समाज इजरायल विवादै विवादमा,निर्वाचन समितीले दुवै समिति अमान्य भएको घोषणा

झापाली समाज इजरायलको अधिवेशनको लागि गठन भएको निर्वाचन समितीले विज्ञाप्ति जारी गर्दै हाल भएको दुवै कार्यसमितिलाई अमान्य घोषण गरेको छ | झापाली समाज इजरायलमा आएको समस्याको अत्यन्तै जरुरी सुचना भन्दै जारी विज्ञाप्तिको पूर्ण अंश यस प्रकार रहेका छन् |
तमाम झापाली मित्रहरु,
बिगत केही दिन देखि सामाजिक संजालमा झापाली समाज इजरायलका नाममा भएका गतिबिधी यहाँहरुले देखिरहनु भएकै हुनु पर्छ । बिशुद्ध सामाजिक सेवा, कार्य र इजरायलमा कार्यरत वा कार्य गरी सकेर झापा फर्किसकेका झापालीहरुका बिच सद्भाब, मित्रत्ता, आपसी सर सहयोग र झापाली समुदायमा केही गरौ भन्ने भावनाले जन्मिएको यो संस्था हाल आएर यो अवस्थामा पुग्नु हामी सबैको लाजको बिषय भएको छ ।
गत सालको फेब्रेवरी १४ तारिकमा स्थापना भएर यो सालको मार्चैमा आइपुग्दा समाजको गुट उपगुट हुदै यसरी सतहमा आउनु हामी ipसबैका लागि पिडाको बिषय भएको छ ।
झापाली समाज यहाँ सम्म अाइपुग्नु भित्रका केही तथ्य र यथार्थहरु यहाँहरु समक्ष प्रस्तुत छ ।
१. तत्कालिन झापाली समाजका कार्यवाक अधक्ष्य श्री ललित चन्द्र बज्गाइको सभापत्वमा मिती ८ मार्चमा बसेको बैठकले श्री सुबास खरेलको सम्योजकत्वमा तीन सदस्य निर्वाचन समिती गठन गर्दै १८ मार्चमा अधिवेशन गर्न गठन गरिएको (झापाली समाजको ८ मार्चको सुचना)
२. निर्वाचन समितिलेले निर्वाचन सम्बन्धी सबै कार्यक्रमको (सदस्यता काट्ने अन्तिम दिन उमेद्ववारी दिने दाबी बिरोध गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने आदी ) सुचना मिती ९ मार्चमा प्रकाशित गरेको ।
३. समाजका उपल्ला तीन पद, अधक्ष्य उपाध्यक्ष र महासचिव पदको लागि दोहोरो उम्मेद्बारी बाहेक अरु पदहरु निर्बिरोध उम्मेद्बारी परेको र ति पदहरुमा पनि सहमति गरेर जाने र सहमती नभएर निर्वाचन हुनु पर्ने अवस्था अाइलागेमा समय साधन र श्रोतका अभावमा अधिबेशन गर्ने भनिएको १८ मार्चमा सम्भब नहुने र दोहोरो उमेद्वारि परेका पदहरुमा चाडै (अनौपचारिक अप्रिल १४)गर्ने भन्ने सुचना यस निर्वाचन समितिले निबर्तमान अधक्ष्य र दुबै ,अधक्ष्य पदका उमेद्द्वारहरु र निर्वाचन समितीका तिनै सदस्य बिच भएको बैठक पछी १७ मार्चमा प्रकाशित गरिएको थियो ।
४. झापाली समाज इजरायलका १०३ जना साधारण सदस्य रहेकोमा (निर्वाचन समितिलाई उपल्ब्ध गराइेको सदस्यता लिष्ट)१८ जनाको मात्र भेला गराएर फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा देखिएको) गणेश गौतम पक्षले मनोमानी अधिबेश भनेर गरेको भेला तथा जय ओडारी पक्षले स्पाइप र तेल अभिबमा प्रतक्ष्य भेला भएर गठन गरेको दाबीका साथ १९ र २० मार्चमा आ-आफ्ना समुह सहितका झापाली समाज इजरायलको दुई ओटा कार्य समिती गठन भएको सामाजिक संजालमा आएको र त्यस्तो दुई ओटा समितीको जानकारी आए पछी निर्वाचन समितिले दुबै पक्षलाई मान्यता नदिएको र निकट भबिश्यमा पुण अधिबेशन हुने र गर्ने सुचना मिती १९ मार्चमा प्रकाशित गरेको अवस्था छ ।
त्यस पछी पनि यस निर्वाचन समितिले सर्बसम्म्त एक जनाको नेत्रित्वमा झापाली समाज गठनका लागि निरन्तर प्रयास रत छ यसै क्रममा इजरायलमा कार्यरत अग्रज झापालीहरु – एन आर एनका, अधक्ष्य तथा झापाली समाज इजरायलका सल्लाकार श्री दिपक ओली झापाली समाज कि सल्लाकार श्रीमती संगिता ओली अन्य अग्रज झापालीहरु, अन्तराष्ट्रिय झापाली समन्वय परिशद तथा अन्य देशिय समाज संग पनि लगातर छलफलमा छ । यसै क्रममा एउटा गुटका प्रमुख श्री गणेस गौतम छलफलमा सहभागी नहुने सहमतिमा न आउने र गुमेको पद (अदिबेशनको मिती निस्चित र नयाँ पदमा उमेद्द्वर दिए पछी पुरानो पद स्वत: समाप्त हुने सामान्य मान्यता बिपरित) समाजको महसचिब रुपमा कार्य गर्ने जस्ता अमर्यादित काम गरी रहनु भएको छ ।
अग्रज झापलीहरु अन्य देशिय झापाली समाजका समितिहरु अन्तराष्ट्रिय समन्वय परिषद संग समेत भएका अनौपचारिक छलफल र सल्ला पछी यो निर्वाचन समिती तपशिल अनुसारको निष्कर्शमा पुगेको छ र इजरायलमा कार्यरत सबै झापाली मित्र , बिभिन्न संग सस्था , र अग्रजलाई सोही अनुसार गरी दिउ हुन अनुरोध गर्दछ ।
१. इजरायलमा कार्यरत अझ धेरै झापालीहरु सित संपर्क र समन्वय गरी चाडै झापाली समाजको एक र सर्बमान्य समिती चाडै गठन गरिने छ ।
२. तब सम्म हाल सामाजिक संज्जालमा आएका दुबै पक्षिय जय ओडरी र गणेश गौतमका झापाली समाज इजरायललाई अमान्य घोषणा गरिएको छ ।
३. इजरायलमा कार्यरत सबैमा अनुरोध यो छ कि झापाली समाज इजरायलका नामका यि दुबै समितिलाई नैतीक,आर्थक र अरु कुनै पनि सहयोग नदिनु हुन र नगर्नहुन ।
४. इजरायलमा कार्यरत सबै सघ सस्थाहरुलाई, झापाली समाज इजरायलको नाममा दुबै गुठलाई आफ्नो कुनै पनि कार्यक्रममा औपचारिक निम्तो र मन्च नदिन यो अनुरोध गरिन्छ ।
धन्यवाद,
सुबाश खरेल : संयोजक, निर्वाचन समिती तथा सल्लाकार,झापाली समाज इजरायल
सुरेन्द्र प्रसाई : सदस्य , निर्वाचन समिती तथा सल्लाकार,झापाली समाज इजरायल
रमेश रिजाल : सदस्य, निर्वाचन समिती तथा संस्थापाक महासचिब, झापाली समाज इजरायल
दिपक ओली : सल्लाकार, झापाली समाज इजरायल तथा अध्यक्ष एनआरएन इजरायल