हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

काभ्रेमा नयाँ शक्ति उम्मेदवार को को ?

काभ्रे – १८ वर्षपछि स्थानिय निकायको निर्वाचन आगामी बैशाख ३१ गते हुने पक्का भएपछि सबै भन्दा कान्छो र नयाँ दल भनेर चर्चा कमाएको नयाँ शक्ति पार्टी, नेपाल यतिबेला काभ्रे जिल्लामा निकै लोकप्रिय बन्दै गएको छ । नयाँ शक्तिका स्थानिय नेता तथा कार्यकर्ताहरुले पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेसँगै यस पार्टीमा सदस्यता लिने, समर्थन र प्रतिबद्धता जनाउने मात्र नभई पार्टी सदस्यता ग्रहण गर्नेको सख्या दिदानुदिन बृद्धि हुँदै गएको नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य तथा युवाका जिल्ला उत्प्रेरक नवीन तामाङले जानकारी दिएका छन् ।

यसैवीच निर्वाचनको मिति नजिकिदै गर्दा नयाँ शक्तिले जिल्लाका सवै क्षेत्र, इलाका, नगरपालिका र गाउँपलिकामा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । खानीखोला गाउँपालिकामा अविरल तामाङ र अनिता थिङले उम्मेदवारी दिने तयारी गरेका छन् भने महाभारतमा रुपबहादुर योञ्जन, दावादोर्जे तामाङ र प्रविण लामाले उम्मेदवारी दिने पक्का भएको छ ।

त्यसैगरी रोशी गाउँपालिकामा शंकरदाश लामा, सुनिल तामाङ र नवीन तामाङले नयाँ शक्ति पार्टीबाट उम्मेवार दिने तयारी गरेका छन् । जिल्लाको नमोबुद्ध नगरपालिकामा रामहरी खनाल र उत्सव खनालले उम्मेदवारी घोषणाको तयारी गरेका छन् । बनेपा नगरपालिकामा पवनराज कर्णजित, दुर्गालक्ष्मी रंजितकार र कमाल घिमिरेले उम्मेदवारी दर्ता गर्ने जनाइएको छ । तिमाल गाउँपालिकामा नयाँ शक्ति पार्टीबाट मानबहादुर लामा, होम कुमारी तामाङ र विकास व्लोन पनि चुनावी मैदानमा खडा भइसकेका छन् ।

चौरी देउराली गउँपालिकामा भने तारानीधि पन्त, राजिव मोक्तान, टेक बहादुर मोक्तान, दुर्गा पन्त र भोजराज सेढाईले बाजि मार्ने भएका छन् । भुम्लु गाउँपालिकामा दीपेन्द्र लामाले उम्मेदवारी दर्ता गर्ने भएका छन् । यता धुलिखेल नगरपालिकामा भने पञ्चलाल घिसिङ, प्रभुकृष्ण श्रेष्ठ र बाशु उपाध्यायलाई नयाँ शक्तिले उम्मेदवारका लागि टिकट दिने पक्का भएको छ । त्यसैगरी मण्डन देउपुर नगरपालिकामा विष्णु डोटेल, उद्धव नेपाल, इश्वर ढकाल र पुण्य दुलाल चुनावी मैदानमा उत्रिने भएका छन् । पाँचखाल नगरपालिकामा डा. भरत लामिछाने, कृष्ण भण्डारी, श्री कृष्ण धिमाल, रामशरण कार्की, ज्ञानबहादुर थापा र रमेश श्रेष्ठले उम्मेदवारी दर्ता गर्ने जनाइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution