नयाँ बैकल्पिक राजनीतिक संस्कार सिक्दै छु ⁃ मुन्ना समसुल हक़

वर्तमान देशको स्थिति र परिस्थिति तथा देश र जनताको माँग र समय अनुसार नयाँ पुस्ताहरुले एउटा वैकल्पिक राजनीतिक शक्तिको रूपमा ” नयाँ शक्ति पार्टी नेपाल ” लाई खडा गरेकोमा हामीले गर्व महशुस गरेका पक्का नै हो तर खडा गरेर मात्र हुदैन , हामीले आफ्नै जीवनमा समृद्ध नेपाल बनाउनु पर्छ |
आर्थिक, विकाश र समृद्धिका लागि राष्ट्रिय एकता अति नै आवश्यक रहेकोले नयाँ शक्ति पार्टीले देशको वर्तमान अवस्थामा राष्ट्रिय एकताको खाँचो हुँदा एकताको लागि प्रमुख भूमिका निभाई रहेको यहाँ सम्पूर्णमा बिज्ञ नै छ ।
हालैमा हिमाल,पहाड, तराई मधेश बीचको एकता बलियो बनाउन राष्ट्रिय अभियान पनि नयाँ शक्तिले संचालन गरेका नै छन्। हामीले दुनियाँको समृद्धिलाई घरमा बसी आफ्नै हातको स्मार्ट मोबाइलबाट हेरिरहेको अवस्थामा आफ्नो देश पनि त्यस्तै होस् भन्ने चाहना आम मानिसको रहेको छ | देशलाई त्यही तहको विकास र समृद्धिमा पुर्याउनु आवश्यक छ, जसको पहल नयाँ शक्तिले गर्नेछ, मलाई पूर्ण बिश्वास छ।
पुराना दलहरूले ७ दशक देखी जनताको प्रतिनिधित्व गर्दै विगतमा आफूले चुनेका नेताहरुले जनताको चाहना अनुसारको काम नगरेको हामी सबैको अगाड़ी नै छन् ।
मेरो काका, भैयाले राजा महाराजाले बनाएकै स्कूल, क्याम्पस , रोड , अस्पताल, उद्योग-कलकारख़ाना तथा विभिन्न सेवा सुविधाहरू मैले पनि त्यहिबाट पाए र हाल मेरो भाइबहिनीहरूले पनि त्यही स्कूल, क्याम्पसमा पढ़दै छन् । बिकाशको नाममा देश बिगतको स्थिति अनुसार झन २५ देखि ३५ साल पछाड़ी धकेलिएको छन् । प्रगतिको त कुरै छोडौ ।
अब आउने चुनावमा नेतृत्व छान्दा योग्य व्यक्तिलाई रोज्न म सम्पूर्ण “न्याय प्रेमी नेपाली ” जनतामा हार्दिक अपील गर्द्छु।विगतमा हाम्रै जस्तो भन्दा ख़राब अवस्थामा रहेका देशहरुले गरेको प्रगति हेर्दा र सुन्दा अबको लक्ष्य आर्थिक विकास र समृद्धि रहेकोले सबैले यसमा जोड दिनू आवश्यक छ ।
हाल म बसेको देश दुबई र सिंगापुर,मलेसिया, कोरियाले छोटो समयमा समृद्धिको फड्को मारेका तथ्य उल्लेखिय नै छन् । ‘हामीले पनि त्यो समृद्धि हासिल गर्नका लागि नयाँ शक्तिले समृद्धिको एजेण्डा बोकेर गाड़ी बढ़ेकै हो’।
म पनि यो समाज र देशको सेवा गर्नकै लागि आफू राजनीतिमा नयाँ शक्ति पार्टीको माध्यमबाट होमिएको छु ।‘मलाई धेरैले राजनीतिको “र” पनि थाहा नभएको युवा भन्ने गर्दछन् , तर म आफू भ्रष्टाचारमा डुबेको फोहोरी राजनीतिको ‘र’ होइन, सुशासनयुक्त राजनीतिको ‘र’ सिक्न चाहन्छु ।’
” अब को निकाश आर्थिक बिकाश
सम्भव छ समृद्धि हाम्रै पालोमा “