हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

नयाँ शक्ति नेपालको दोस्रो पूर्ण वैठकको निर्णयहरु

नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषदको दोस्रो पूर्ण वैठक पार्टीका संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा यही चैत्र १५ र १६ गते काठमाडौंमा सम्पन्न भएको छ  । बैठकमा देशैभरबाट करिव एक हजार जना केन्द्रीय परिषद सदस्यहरुको सहभागिता थियो । वैठकले लिएका निर्णयहरु जानाकारीका लागि  प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. संघीय परिषदको वैठकको आरम्भ राष्ट्रिय गानवाट गरिएको थियो भने समाज परिवर्तनकालागि ज्यानको आहुति दिने सम्पूर्ण शहीदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरियो ।

२. केन्द्रीय कार्यालयको तर्फवाट संयोजक डा बाबुराम भट्टराईले वर्तमान सन्दर्भ र आगामी कार्यभार: निर्वाचन केन्द्रित रणनीतिक कार्ययोजना विषयक दस्तावेज प्रस्तुत गर्नुभयो । संयोजकद्वारा प्रस्तुत दस्तावेजको थप व्याख्या गर्दै सह–संयोजक रामचन्द्र झा, संगठन विभाग प्रमुख देवेन्द्र पौडेल र अनुशासन आयोग प्रमुख परशुराम खापुङले आफ्नो भनाई राख्नुभयो ।

३. विभिन्न ६ समूहमा विभाजन गरी दिनभर समूह छलफल गरी समूहको तर्फबाट सुझाव प्रतिवेदन प्रस्तुत गरियो । सुझाव प्रस्तुती पश्चात सोही दस्तावेजको थप व्याख्या गर्दै संसदीय मामिला विभाग प्रमुख केशव दाहाल, राष्ट्रिय मामिला प्रदेश प्रमुख परशुराम तामाड, सामाजिक तथा राष्ट्रिय आन्दोलन परिचालन संयोजक रामकुमार शर्मा तथा सामाजिक संघ–संस्था विभाग संयोजक लिली थापा, अन्तर्राष्ट्रिय विभाग संयोजक हिसिला यमी, प्रवास प्रदेश संयोजक नवराज सुवेदी, प्रदेश नं. १ का उत्प्रेरक देवीप्रसाद ओझा लगायतले दस्तावेज उपर आफ्नो सुझाव राख्नुभयो । सोही सुझावका आधारमा आवश्यक परिमार्जन सहित दस्तावेज पारित गरियो । पारित दस्तावेजका मुख्य सार प्रस्तावित निर्वाचन संघर्ष र सहभागिताको एक ऐतिहासिक मोर्चा रहेको ठहर गर्दै यही मर्मका आधारमा निम्न सार र प्रतिवद्धता सहित दस्तावेज पारित गरियो:

अब हुने निर्वाचन विगतको निरन्तरता नभएर संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति पछिको नयाँ ऐतिहासिक निर्वाचन हो । संवैधानिक संकट आउनु अगावै संविधानमा व्यवस्था भए बमोजिम तीनवटै निकायको निर्वाचन सम्पन्न गराउनुको विकल्प छैन । हाम्रो पार्टी निर्वाचनप्रति प्रतिबद्ध छ । तर सरकार र केही राजनीतिक दलहरु निर्वाचनप्रति गम्भीर देखिँदैनन् । त्यसैले समयमै निर्वाचन गर्न निर्वाचनको वातावरण बनाउन आवश्यक छ । यसैका लागि हामीले ६ बँुदे शर्तहरु

१. संविधान संशोधन मार्फत थारु, मधेशी, आदिवासी जनजातिका मागको सम्बोधन,

२. विशेष, संरक्षित र स्वायत्त क्षेत्र सहितको राज्यको अग्रगामी पुन:संरचना,

३. प्रभावकारी र निष्पक्ष निर्वाचका लागि सबै राजनीतिक दल र शक्तिहरुको प्रतिनिधित्व रहेको सर्वपक्षीय सरकार,

४. स्वच्छ र प्रभावकारी निर्वाचनकालागि निर्वाचन खर्च राज्यले नै व्यहोर्ने विधिको विकास,

५. केन्द्र–प्रदेश–स्थानीय तहको अन्तरसम्बन्ध, निर्वाचन खर्च र समय सीमालाई विचार गरेर एकैपटक तीनवटै निर्वाचन,

६. स्थायीत्व, विकास र समृद्धिकालागि संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिका) सहित निर्वाचनको भरपर्दो वातावरण बनाउन माग गरेका छौं ।

यसका अतिरिक्त स्थानीय तह निर्वाचनसम्बन्धी कानूनमा वर्तमान व्यवस्थापिका संसद वाहिर रहने दललाई दलगत पहिचान सहित निर्वाचन चिन्ह नदिने जुन व्यवस्था गरिएको छ सो बहुदलीय लोकतन्त्रको मर्म र नेपालको संविधान विपरीत भएकाले हामीलाई मान्य छैन । यस्तो निर्दलीय कानूनमा हामीले तुरुन्त संशोधनको माग गरेका छौं । त्यसैगरी विदेशमा रहेका नेपालीहरुले पनि निर्वाचनमा मतदान गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने पनि हाम्रो अर्को माग छ । यी सबै कुरा निर्वाचनको वातावरण बनाउन हामीले राखेका अत्यावश्यक शर्तहरु हुन् । हाम्रा यी शर्तहरुको पक्षमा सशक्त जनपरिचालन गर्दै उचित वातावरण बनेपश्चात निर्वाचनमा सहभागी हुने हाम्रो नीति रहेको छ । यसर्थ नै यो निर्वाचन हाम्रालागि संघर्ष र सहभागिताको मोर्चा हो ।

निर्वाचनलाई संघर्षको मोर्चाका रुपमा पार्टीले अघि सारेका ७ शर्त पूरा गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाई अल्टिमेटम दिने र सो अवधिमा माग पूरा नभएमा यही चैत २० गतेबाट निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना दिने कार्यक्रम निश्चित गरिएको छ । यसैगरी निर्वाचनको वातावरण वनाउँदै तत्पश्चात हुने निर्वाचनकालागि उम्मेदवार तय गर्न सम्बन्धित तहको पार्टी कमिटीले सिफारिश गर्ने र महानगरपालिका र उपमहानगरपालिकाको हकमा प्रदेश समिति र अरुका हकमा सम्बन्धित जिल्ला पार्टीले उम्मेदवार तोक्ने निर्णय गरियो ।

४. परिषदको वैठककै क्रममा सूचना प्रविधिको महत्वलाई दृष्टिगत गर्दै पत्रकार उज्ज्वल आचार्यको जानकारीमूलक प्रस्तुति रह्यो जुन प्रस्तुतिले इन्टरनेट तथा सामाजिक सञ्जालको महत्व र उपयोगका बारेमा जानकारी हासिल गर्ने काम भयो ।

५. प्रवक्ता खिमलाल देवकोटाले निर्वाचनसम्बन्धी कानूनका बारेमा जानकारीमूलक प्रस्तुति राख्नुभयो भने कानून विभागका संयोजक मुक्ति प्रधानले विधान संशोधन प्रस्ताव प्रस्तुति गर्नु भयो र आर्थिक स्रोत परिचालन विभागका संयोजक सुनिल खड्काले आर्थिक प्रस्ताव प्रस्तुत गर्नुभयो ।

६. वैठकको अन्तमा अनुभुति मन्तव्य राख्दै मदन राई, भाइराजा पाण्डेले नयाँ शक्ति पार्टीको ऐतिहासिक कार्यभार र यसको उज्वल भविष्यका बारेमा चर्चा गर्दै आफू पनि कार्यक्षेत्रमा खटिरहने र सबैलाई आफ्नो क्षेत्रमा डटेर लाग्न आग्रह गर्नुभयो ।

७. बैठकले निम्नबमोजिम विभिन्न समितिहरुको निर्माण गर्दै कार्यविभाजन गरेको छ:

क) केन्द्रीय निर्वाचन परिचालन समिति
१. डा. बाबुराम भट्टराई – संयोजक
२. रामचन्द्र झा
३. महेश कर्मोचा
४. दुर्गा सोव
५. सबै प्रदेशका उत्प्रेरक र संयोजकहरु
६. सबै विभाग/संयन्त्र/आयोगका संयोजकहरु
७. सबै आंगिक, पेशागत र राष्ट्रिय संगठनका संयोजकहरु

ख) प्रदेशका संयोजक र उत्प्रेरकहरु
क्र.सं. प्रदेश उत्प्रेरक संयोजक
१ प्रदेश नं. १ देवीप्रसाद ओझा पासाङ शेर्पा
२ प्रदेश नं. २ रामचन्द्र झा महेन्द्र पासवान
३ प्रदेश नं. ३ परशुराम तामाङ गंगा श्रेष्ठ
४ प्रदेश नं. ४ वीरेन्द्र पोखरेल वलावती शर्मा
५ प्रदेश नं. ५ मा. गंगा चौधरी सत्गौवा दानबहादुर चौधरी
६ प्रदेश नं. ६ नवराज सुवेदी भक्तबहादुर शाह
७ प्रदेश नं. ७ भीमबहादुर कडायत लीला भण्डारी

– सबै संघीय परिषद् सदस्यहरु गाउँपालिका/नगरपालिका उत्प्रेरक र केन्द्रीय कार्यकारी सदस्यहरु जिल्ला/उपमहानगर/महानगरपालिका उत्प्रेरकका रुपमा क्रियाशील हुने ।
ग) केन्द्रीय वक्ता टीम

१. देवेन्द्र पौडेल – संयोजक
२. वामदेव क्षेत्री
३. मदन राई
४. प्रशान्त सिंह
५. भाइराजा पाण्डे
६. वीरेन्द्र पोखरेल
७. रामकुमार शर्मा
८. कल्पना धमला
९. मुक्ति प्रधान
१०. देवेन्द्र पराजुली
११. डा. प्रदीपमान तुलाचन
१२. गणेश राई
१३. करिश्मा मानन्धर
१४. खिमलाल देवकोटा
१५. नाथुप्रसाद चौधरी
१६. डा. प्रवीण मिश्र
१७. मदन केसी
१८. रामरिझन यादव
१९. लिली थापा
२०. कमला हेमचुरी
२१. इन्दू शर्मा
२२. वहिद अन्सारी
२३. इशुजंग कार्की
२४. प्रकाश विकल्प
२५. पिंकी गुरुङ

घ) राजनीतिक संवाद समिति

१. रामचन्द्र झा – संयोजक
२. दुर्गा सोव
३. देवेन्द्र पौडेल
४. परशुराम खापुङ
५. परशुराम तामाङ
६. खिमलाल देवकोटा

ङ) घोषणापत्र मस्यौदा समिति

१. केशव दाहाल – संयोजक
२. डम्बर खतिवडा
३. प्रशान्त सिंह
४. डा. लक्ष्मीप्रसाद देवकोटा
५. लिली थापा
६. रवीन्द्र थिङ
७. सुशीला सिर्पाइली

च) स्वयंसेवक परिचालन समिति

१. गंगा श्रेष्ठ – संयोजक
२. नारायणराज पाण्डे – पूर्व सुरक्षाकर्मी
३. कल्पना धमला – महिला
४. कमल शाही – युवा
५. राजेन्द्र किराती – खेलकुद
६. तिलक थापा – मजदुर
७. राजु नेपाल – विद्यार्थी
८. रमेश महतो – विद्यार्थी
९. लालध्वज नेम्वाङ – मजदुर
१०. हरिबहादुर श्रेष्ठ – पूर्व पीएलए
११. शान्तिकुमार तिमिल्सिना – सामाजिक स्वयंसेवक

छ) आर्थिक व्यवस्थापन समिति

१. पासाङ शेर्पा – संयोजक
२. सुनिल खड्का
३. जनक शाह
४. डा. राजेन्द्र केसी
५. दानबहादुर तामाङ
६. विराट थापा

८. बैठक समापन गर्नुअघि पार्टीको आजसम्मको आर्थिक अवस्था र वैठकको आय–व्यय विवरण कार्यालयको तर्फवाट प्रल्हाद लामिछानेले प्रस्तुत गर्नुभएको थियो ।

९. अन्तमा संयोजक डा. बाबुराम भट्टराईले पार्टीका सामु ऐतिहासिक जिम्मेवारी आएको र यो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्न आग्रह गर्दै वैठक अन्त गर्नुभयो ।

२०७३ चैत १७

– केन्द्रीय कार्यालय
नयाँ शक्ति पार्टी, नेपाल

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution