हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ शक्तिले आँखा चुनाव चिन्ह नपाए चुनावमा भाग नलिने

काठमाडौं, चैत १५ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आँखा चुनाव चिन्ह नपाए चुनावमा भाग नलिने बताएका छन् ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको अन्तरिम केन्द्रीय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सर्प, भ्यागुतो, विच्छी चुनाव चिन्ह लिएर चुनावमा भाग लिंदैनौं । हामीलाई हाम्रै चुनाव चिन्ह आँखा दिनुपर्छ, चुनाव चिन्हबिना हामी चुनावमा भाग लिँदैनौं ।’

डा. भट्टराईले भर्खरै जारी भएको स्थानीय तह निर्वाचन ऐनमा सुनियोजित र बद्नियतपूर्ण ढंगले अहिले संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान नगर्ने व्यवस्था भएको प्रति आक्रोश व्यक्त गरे ।  उनले निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले बेइमानी गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गर्ने बताए । ‘हामी चुनावको विकल्प छैन भनिरहेका छौं तर, चुनावमा जानको लागि दलीय चुनाव चिन्हबाट बञ्चित गर्ने व्यवस्था भएको छ’, उनले भने ।
नयाँ शक्तिको समन्वयकारी भूमिका 
देशमा संविधान संशोधन कि चुनाव भन्ने सवालमा बहस सिर्जना भइरहेको बताउँदै नयाँ शक्ति पार्टीले चुनावमा संघर्ष र सहभागिताको दोहोरो कार्यनीति अख्तियार गर्ने उनले बताए ।

‘चुनावी माहोल बढ्दै गएको सन्दर्भमा आदिवासी जनजाति, मधेशीरथारु लगायतका उत्पीडित समुदायहरुको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गरी घोषित निर्वाचन सम्पन्न गर्नका लागि नयाँ शक्तिले चुनावलाई संघर्ष र सहभागिताको मोर्चाको रुपमा लिनेछ’, बैठकमा प्रतिवेदन पेश गर्दै उनले भने – ‘नयाँ शक्तिले राजनीतिक निकासका लागि आन्दोलनकारी शक्तिहरु र सरकारबीच समन्वयकारी भूमिका खेल्ने नीति अख्तियार गर्नेछ ।’

संयोजक भट्टराईले घोषित निर्वाचन सम्पन्न गरी देशलाई निकास दिनका लागि पार्टीले अगाडि सारेको ६ सूत्रीय पूर्वशर्तहरु सम्बोधन हुनुपर्ने आवश्यकता औंल्याउँदै निर्वाचनका लागि प्रदेशहरुको सीमांकन टुंग्याउनुपर्ने, विशेष क्षेत्र, संरक्षित क्षेत्र लगायतका संविधानमा उल्लेखित क्षेत्रहरुको पनि टुंगो लाग्नुपर्ने, सर्वदलीय सरकार गठन गर्नुपर्ने, चुनावलाई कम खर्चिलो र मितव्ययी बनाउनुपर्ने, तीनवटै निर्वाचनहरु एकैचोटी गर्नुपर्ने, राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने लगायतका पूर्वशर्तहरु पेश गरे ।

उम्मेद्वार छनौटका १० आधार पेश

संयोजक भट्टराईले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटको १० आधारहरु पेश गर्दै जनताका मुख्य मुद्दाहरुबारे जानकार तथा विकास निर्माणका सवालहरुमा निर्णायक भूमिका निर्वाह गर्नसक्ने व्यक्ति उम्मेदवार हुने बताउँदै प्रभावकारी सामाजिक छवी भएको स्वतन्त्र सामाजिक व्यक्तिलाई समेत उम्मेदवार बनाउने बताए ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक रामचन्द्र झाले निर्वाचन आयोगले एकल निर्वाचन चिन्हबाट बञ्चीत गरे स्थानीय तहदेखि केन्द्रसम्म जनदबाब सिर्जना गर्ने बताए ।

बैठकमा सांगठनिक उपलब्धि प्रस्तुत गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले हालसम्मको अवधिमा सन्तोषजनक काम भएको बताए ।

अनुशासन आयोगका प्रमुख आयुक्त परशुराम खापुङले बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र भएका कमीकमजोरी हल गर्दै अघि बढ्नुपर्ने बताए ।

बैठकमा देशभरबाट करीव एक हजार जना केन्द्रीय परिषद् सदस्यहरुको उपस्थिति रहेको छ । बैठकमा पार्टीको आगामी रणनीतिक कार्ययोजनाका बारेमा छलफल हुनेछ । बैठक १६ गतेसम्म चल्नेछ ।

 

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution