नयाँ शक्तिले ४ केन्द्रीय सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन

काठमाडौं । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै डा. बाबुराम भट्टराई संयोजक भएको नयाँ शक्ति पार्टी नेपालले ४ जना केन्द्रीय परिषद् सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।
निष्कासित ४ केन्द्रीय परिषद् सदस्यले नयाँ शक्ति पार्टीको हित र स्वीकृत मूल्यमान्यता विपरीत गतिविधिमा निरन्तर संलग्न भई गम्भीर गल्ती गरेको आरोपमा निर्मल भट्टराई, चन्द्रेव ओझा, हरिराम रिमाल र मोहन बमलाई निष्काशन गरेको हो ।
सोमबार बसेको पार्टीको विशेष राजनीतिक समितिको बैठकले निष्काशन गर्ने निर्णय गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए । निष्कासन गरिएका माथि पार्टीले सोधेको स्पष्टीकरणसमेत दिन नमानेको नयाँ शक्तिको आरोप छ ।