हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

झापाली समाज इजरायल दोस्रो अधिवेशन सम्पन्न , अध्यक्षमा गणेश गौतम

तेलअविव  । झापाली समाज इजरायलको गत १८ मार्चमा सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा गणेश गौतम ‘सागर’ चयन भएका छन् ।   यसै गरी वरिष्ठ उपाध्यक्षमा सन्दिप भण्डारी र उपाध्यक्षमा मित्र शिवाकोटी, महासचिवमा अनु थापा केसी, प्रवक्तामा सावित्रा लुइँटेल घिमिरे, सचिवमा नम्रता उपे्रती, कोषाध्यक्षमा गोमा कार्की र सहकोषाध्यक्षमा अमृता अधिकारीलाई नयाँ जिम्मेवारी दिइएको छ । महिला तथा युवा संयोजकमा भीमा नेम्बाङ नेउपाने चुनिएकी छन् भने संगठन विस्तार प्रमुखमा पुष्पराज आचार्य चयन भएका छन् ।
केन्द्रीय सदस्यहरुमा सुन्दर नेपाल, देवी खरेल पाण्डे, टिका ढुंगेल, नमा सेदुंग, निशा कट्वाल, सुष्मा काफ्ले भण्डारी, ललित दंगाल, माया बनेम, के हाङ सुब्बा,बिमला लामा, भीमा थापा चयन भएका छन् । समाजको पूर्ण बैठकले कार्यसमितिमा थप सदस्य तथा सल्लाहकारको चयन गर्ने नवनियुक्त अध्यक्ष गौतमले बताएका छन् ।

निवर्तमान अध्यक्ष ललितचन्द्र  बजगाईंको सभापतित्व तथा चितवन समाजका इजरायलको महासचिव नयन सापकोटाको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको हो ।

कार्यक्रममा बिभिन्न संघ सस्थाका पदाधिकारीहरु, पत्रकारहरु, राजनीतिक दलका प्रतिनिधिहरु, बुद्धिजीबीहरु, खेलाडीहरु, संघसंस्थाका पदाधिकारी, सदस्यहरु तथा बृहत् जनमानसको उपस्थिति भएको नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिए ।

समाजकी सचिव सावित्रा लुइँटेल घिमिरेले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् भने नेपाली राष्ट्रियगान लगत्तै नेपाली सहिदहरुप्रति एकमिनेट मौनधारण गर्दै कार्यक्रम अगाडि बढेको थियो ।

प्रमुख अथितिको हातबाट पानसमा दीप प्रज्वलन गरीे अधिवेशन उद्घाटन भएको थियो भने समाजको वाषिर्क आर्थिक गतिविधि कोषाध्यक्ष सन्दिप भण्डारीले प्रस्तुत गरेका थिए ।

समाजको एक वर्षसम्मको कार्यकालमा सहयोग पुर्याउने सल्लाहकारहरु, पत्रकारहरु, खेलाडीहरुलाइ प्रसंशा पत्र सभापति तथा प्रमुख अतिथिबाट प्रदान गरिएको थियो । समाजका निवर्तमान अध्यक्ष बजगाईंलाई सम्मानपत्रले सम्मानित तथा बिदाई पनि गरियो ।

औपचारिक कार्यक्रमको बीचमा सांगीतिक प्रस्तुतिले अधिवेशन रोमाञ्चक भएको थियो भने उपस्थित सबैलाई मिष्ठान्न भोजनका साथ समाजले जलपानको व्यवस्था पनि गरेको थियो ।
नवनियुक्त अध्यक्ष गौतमले असन्तुष्ट पक्षका सकारात्मक सुझावहरुलाई समेट्दै समाजले नयाँ ऊर्जाका साथ इजरायलदेखि नेपालसम्म सामाजिक क्रियाकलाप फैलाउने प्रतिक्रिया दिएका छन् ।प्रतिनिधि चयनमा विवाद भएको र समाज गुटउपगुटमा फसेको भन्ने आरोपका बीच अधिकांश सदस्यहरुको माग बमोजिम नयाँ कार्यसमिति चयन गरेको नवनियुक्त प्रवक्ता लुइँटेलले  बताएकी छिन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution