इजरायलबाट बिद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण

काभ्रे – नेपाल तामाङ घेदुङ इजरायल र तामाङ अनलाइन डट कम द्वारा काभ्रे जिल्ला स्थित चौरी पोखरी गाउँपालिका माझीफेदा – २ (कोशीपारी) मा रहेको श्री बुद्ध हिमालय उच्च मा.बि. लाई ५ थान कम्प्युटर एक कार्यक्रम माझ हस्तान्तरण गरिएको छ |
नेपाल तामाङ घेदुङ इजरायलका निवर्तामन अध्यक्ष एवंम् प्रमुख सल्लाहकार तथा फ्याफुल्ला मिडिया प्रा.लि. द्वारा संचालित तामाङ अनलाइन डट कमका प्रबन्ध निर्देशक बी.बी. लामा तामाङले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर लामा तामाङलाई हस्तान्तरण गरेको हो | सोहि कार्यक्रममा काठमाण्डौ एडभन्चर ट्रेकका प्रबन्ध निर्देशक एक्सप्लान्सर दाहालले बिद्यालयका लाइबेरीलाई केहि थान ज्ञानवर्द्धक पुस्तकहरु हस्तान्तरण गरेका थिए |
यसैगरी माझीफेदा – २ मा रहेको डुक टासी बेतालिङ गुम्बालाई पुन:निर्माणको लागि बी बी लामा तामाङले व्यक्तिगत सहयोग नेपाली रुपियाँ १०,००० (दश हजार) गुम्बाका प्रतिनिधि उर्मिला तामाङलाई प्रदान गरेको थिए |
बिद्यालय र व्यवस्थापन समितिको तर्फबाट सहयोगदाता नेपाल तामाङ घेदुङ इजरायल (संस्था) र तामाङ अनलाइन डट कमका बी बी लामा तामाङलाई सहयोगी भावनाको उच्च कदर गर्दै प्रशंसा पत्र द्वारा सम्मान गरेका थिए |
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर लामा तामाङले बिद्यालयलाई प्राप्त कम्प्युटरको सहि रुपमा सदुपयोग गर्दै बिधार्थी भाइबहिनीहरुलाई उच्च प्राविधिक शिक्षा प्रदान गर्न सधै लागि रहने बताउदै सहयोगदातालाई धन्यवाद व्यक्त गरेका थिए | यसैगरी आफुले अध्ययन गरेको बिधालयमा प्रवासबाट ५ थान कम्प्युटरको व्यवस्था गरी प्रदान गर्न पाउँदा खुशी लागेको र बिद्यार्थी भाइबहिनीहरु कम्पुटर मार्फत उच्च प्राविधिक शिक्षा हासिल गर्न सफल हुने आशा र अपेक्षा आफुले राखेको बी बी लामा तामाङले बताउनु भयो |
कम्प्युटर हस्तान्तरण कार्यक्रममा बिधालयका शिक्षकहरु , माझीफेदा युवा क्लबका अध्यक्ष प्रेम बहादुर लामा तामाङ, सोहि स्थानका अगुवा सक्रिय युवाहरु भोज कुमार लामा तामाङ, प्रकाश मोक्तान तामाङ, बिद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद चौलागाई र बिद्यार्थी भाइबहिनीहरुको उपस्थित रहेका थिए | अतिथिहरुलाई स्वागत तथा सम्मान सत्कार बिधालयका प्राध्यापक ऋषि प्रसाद पन्तले गर्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षक राजु चौलागाईले गरेका थिए |