तामाङ घेदुङ इजरायल द्वारा कम्पुटर खरिद गर्न आर्थिक सहयोग प्रदान

चैत्र ७ , याम्बु | नेपाल तामाङ घेदुङ इजरायलले संस्थाको शैक्षिक कोषबाट श्री बुद्ध हिमालय उच्च मा. बि. माझीफेदा – २ काभ्रेलाई कम्पुटर खरिदको लागि आर्थिक सहयोग गरेका छ | केन्द्रिय घेदुङको कार्यालय पुतलीसडकमा नेपाल तामाङ घेदुङ इजरायलका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार बी बी लामा तामाङ मार्फत केन्द्रिय घेदुङका वरिष्ठ उपाध्यक्ष बेली लामा तामाङले बिद्यालय संचालक समितिका अध्यक्ष डम्बर बहादुर लामा तामाङलाई नेपाली रुपियाँ ५०,००० सहयोग रकम हस्तान्तरण गरेका हुन् |
सहयोग रकम हस्तान्तरण कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष असल मान तामाङ (बेलायत) , केन्द्रिय घेदुङका महासचिव बाबु घिसिङ तामाङ लगायतका पदाधिकारीहरु , तामाङ दाजाङका अध्यक्ष तथा पत्रकार सन्चु ब्लोन तामाङ र अन्नपुर्ण पोस्ट सम्पादक मण्डलका पत्रकार अर्जुन पाख्रिन तामाङ सहभागी रहेका थिए |
बिद्यालय समितिका अध्यक्ष डम्बर बहादुर लामा तामाङले आजको प्रतिस्पर्थात्माक युगमा प्राविधिक शिक्षा (कम्पुटर)को अति नै महत्वपुर्ण रहेको बताउनु हुँदै बिधार्थी भाइबहिनीहरुलाई कम्पुटर शिक्षाको लागि तामाङ घेदुङ इजरायलले आर्थिक सहयोग प्रदान गरेकोमा धन्यवाद आभार व्यक्त गरेका थिए |