तीन महिने सम्भोटा लिपि प्रशिक्षण सम्पन्न

२०७३ चैत्र ७ – तामाङ बौद्ध महासंघ नेपालको केन्द्रीय कार्यालय बौद्ध टुसालमा संचालित तीन महिने सम्भोटा लिपी तथा मणी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ | महासंघको कार्यालयमा बिशेष कार्यक्रम गरी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र प्रदान गरिएका थिए | प्रशिक्षक श्रद्वय धर्मगुरु आचार्य बुद्ध लामा तामाङ र कोशिस लोब्साङ तामाङलाई प्रसंशा-पत्र द्वारा सम्मान गरिएको थियो |
कार्यक्रमको प्रमुख अथिती तामाङ बौद्ध महासंघ नेपालको केन्द्रीय अध्यक्ष तथा श्रद्रय धर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङ रहेका थिए |