हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क गठन

काठमाडौं – सामुदायिक रेडियोहरूको साझा संगठनका रूपमा इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क गठन भएको छ । आदिवासी जनजातिको आवाजलाई बढीभन्दा बढी मुखतरित गर्ने उद्देश्यसहित रेडियोकर्मी जगत दोङको अध्यक्षतामा नेटवर्क गठन भएको हो । ‘आवाजविहीनको आवाजका रूपमा देशभरिका २० सामुदायिक रेडियोको साझा संस्थाका रूपमा गठित यस संस्थाको उद्देश्य भनेको रेडियोको माध्यमद्वारा शान्तिपूर्ण र संवैधानिक बाटो अवलम्बन गर्दै आदिवासी जनजातिहरूको समस्या पहिचान र समाधानका निम्ति जनचेतना अभिवृद्धि गर्नु हो,’ नेटवर्कद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पूर्ण अंश :
मिति २०७३ । ११ ।२७

प्रेस विज्ञप्ती

आवाज विहिनहरूको आवाजको रूपमा पहिचान बनाउन सफल नेपालका सामुदायिक रेडियोहरू जसले आदिवासी जनजातिहरूको आवाजलाई बढिभन्दा बढि मुखतरित गर्छ, तिनै रेडियोहरूको साझा संगठनको रूपमा इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क वैद्यानिक रूपमा दर्ता भएको जानकारी गराउन पाउँदा हर्षित छौं । नेपालभरिका २० वटा सामुदायिक रेडियोहरूको साझा संस्थाको रूपमा गठित यस संस्थाको उद्देश्य भनेको रेडियोको माध्यमद्धारा शान्तिपूर्ण र संवैधानिक बाटोको अवलम्वन गर्दै आदिवासी जनजातिहरूको समस्याहरूको पहिचान र समाधानको निम्ति जनचेतना अभिवृद्धि गर्नु हो भने पिछडिएका वर्ग र समुदायलाई विकासको मूलधारमा समाहित गर्न सरोकारवालाहरूलाई झकझकाउनु र उत्साहित गर्नु हो । जसले राष्ट्रिय एकता र अखण्डतालाई अझ दरिलो बनाउने छ । नेटवर्कले समुदायको आवाजलाई पहिलो प्राथमिकतामा राखेर रेडियो कार्यक्रमहरूको उत्पादन, प्रसारण गर्नुका साथै क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका कृयाकलापहरू सञ्चालन गर्ने ध्येय राखेको छ । यो नेटवर्क कुनै पनि संस्थाको प्रतिस्पर्धीको रूपमा नभइ आदिवासी जनजातिहरूको आवाजलाई प्रखर रूपमा व्यक्त गर्ने साझा संगठन मात्र हो । विभिन्न उद्देश्यका साथ स्थापित अन्य सामुदायिक रेडियोहरू जस्तै आदिवासी जनजातिको आवाजलाई पनि संगठित र व्यवस्थित रूपमा उठान गर्न आवश्यक भएको महशुस गरी यस नेटवर्कको स्थापना गरिएको हो । यसले नेटवर्कमा आवद्ध रेडियोहरूको क्षमता अभिवृद्धि, भौतिक व्यवस्थापनलगायतका कार्यक्रममा सहयोग जुटाउने कार्य गर्दछ । महिला तथा दलितहरूका आवाजहरूलाई प्रखर रूपमा उठाउने अन्य सामुदायिक रेडियोहरू जस्तै इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कले पनि आदिवासी जनजातिहरूको आवाजलाई शान्तिपूर्ण रूपमा उठाउन सदस्य रेडियोहरूलाई अभिप्रेरित गर्दछ । यस नेटवर्कको उद्दे्रश्य प्राप्तीका लागि सहयोग पु¥याउने सबै सामुदायिक रेडियोहरूको साझा संगठनको रूपमा रहने जानकारी गराउँछौं । अन्त्यमा पुनः आदिवासी जनजातिहरूको हकहितको लागि रेडियो कार्यक्रमहरूमार्फत् प्रखर रूपमा वकालत गर्ने उद्देश्यका साथ स्थापित इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कको स्थापना भएको जानकारी गराउँदै यो प्रेस विज्ञप्ती जारी गरेका छौं । नेटवर्क सम्वन्धी अन्य जानकारीहरू संक्षिप्त यो प्रेस विज्ञप्ती प्रसारण र प्रकाशनको लागि सम्पूर्ण सञ्चारगृह र पत्रकारहरूमा हार्दिक अनुरोध गर्दछौं ।

 

अध्यक्ष

जगत दोङ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution