हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

बहराइनमा नयाँ शक्तिको नयाँ कार्यसमिति गठन,संयोजकमा डुक्पा तामाङ

प्रमेश तमु  बहराइन -अन्तराष्ट्रिय नेपाली समाज बहराइन ( नयाँ शक्ति ) ले बृहत संगठनिक घोषणा कार्यक्रम तथा “राजनैतिक स्थिरता, आर्थिक ,समृद्धि र सुशासनको लागि  प्रत्यक्ष निर्बाचित राष्ट्रपतिको पक्षमा’ हस्ताक्षर संकलन अभियान सम्पन्न गरेको छ |

बहराइनको मनामा स्थित सितल रेस्टुरेन्टको सभा हलमा सम्पन्न  भएको उक्त घोषणा सभाले डुक्पा तामाङ संयोजक र प्रमेश तमु महासचिब रहेको १९ सदस्यीय कार्यसमिति  सर्ब सम्मतिमा चयन गरेको छ |  सह-संयोजकमा, झहर थेबे, सह संयोजक, राम सेवग महतो, सचिब पदम गुरुङ, सचिव, दिनेश ढुंगेल, कोषाध्यक्ष, पदम गुरुङ, सह कोषाध्यक्ष, अमृता नाल्बो, सह कोषाध्यक्ष, गुनाराज मगर, सदस्य, निमा शेर्पा, सदस्य, तेम्बा शेर्पा, सदस्य, सोनाम दोंग, सदस्य, श्रीमती सरु महर्जन, सदस्य, यक बहादुर, मिना गुरुङ रहनु भएको छ भने  प्रमुख सल्लाहकारमा कुमार बि. क , बिशेस सल्लाहकार जितु खड्का, सल्लाहकार  रघु तिवारी रहेका छन् |

कार्यक्रम अन्तराष्ट्रिय नेपाली  समाज बहराइनको संयोजक डुक्पा तामाङ्को सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि मध्यपुर्ब संयोजक कुमार बिक रहनु भएको थियो |कार्यक्रमको स्वागत मन्तब्य राम सेबक महतोले गर्नु भएको थियो | साथै कार्यसमिति घोषणा अन्तराष्ट्रिय नेपाली समाज बहराइनका सह-संयोजक प्रमेश तमुले गर्नुभएको थियो भने नयाँ शक्तिको  ५ प्रतिबद्धता माथि प्रकाश समेत पार्नु भएको थियो | मिठो नेपाली राष्ट्रिय धुनको साथमा समुद्घाटन भएको उक्त कार्यक्रम सभापति, बिशेष अतिथि र प्रमुख अतिथिहरुले सयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो |

कार्यक्रमको अतिथिहरुमा ‘नेपाली जनसम्पर्क समितिका’ प्रतिनिधि पदम सुन्दर गुरुङ्, ‘प्रबाशी नेपालि मंचका’ तर्फबाट शालिकराम पन्त, ‘जन प्रगतिशील मोर्चा’ को तर्फबाट भिम केरुंङ्, ‘संघिय लिम्बुवान सामाजिक मंच’ का अध्यक्ष प्रदिप केरुंङ्, ‘नेपाल आदिबासी जनजाति महासंघबहराइनको अध्यक्ष काजि थापा मगर, ‘नेपालि क्लबका महासचिब’ दिपक गुरुङ, ‘एन आर एन’ बाट लाल प्रशाद पुन, ‘नेप्लिज वेल्फेयर सोसाइटी’ का प्रतिनिधी बिरेन्द्र बुढाथोकी, ‘बृहत सामाजिक संस्था’ बाट हर्क लो तामाङ्, ‘तमु समाज बहराइन’ का महासचिब राजु गुरुङ्, ‘किरात याक्थुंग चुम्लुंङ्का’ अध्यक्ष बिरेन्द्र तुम्बापो, प्रोफेसर डाक्टर मेदनी भण्डारी, बरिष्ठ समाजसेवी गम गुरुङ, हालसम्म १३८ राष्ट्र घुमी सकेका बिस्व साइकल यात्री लोक बन्दु कार्की लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपाथितिले हल खचा-खच भरिएको भएको थियो |

कार्यक्रममा नेपालि ‘जनसम्पर्क समिति’ को प्रतिनिधि पदम सुन्दर गुरुङ्, ‘प्रबासी नेपालि मंच’ का अध्यक्ष सालिकराम पन्त, ‘जन प्रगतिशील मोर्चा’ का भिम केरङ्ले डा भट्टराइको व्यक्तित्व र उहाको दुरदर्सिता को चर्चा गर्दै सुभकामना मन्तब्य दिनु भएको थियो | ताप्लेजुङ्ग जिल्लाको साँघुमा जन्म भई बिगत १२ बर्ष देखि बिस्व साइकल यात्रामा निस्किनु भएको लोक बन्धू कार्कीले आफ्नो यात्रा भोगाइका क्रममा आफ्नो तिता मिठा अनुभूति समेत सुनाएका थिए | भारतबाट सुरु गरेको यात्राको क्रममा उहा हाल १३८ देसको रेकर्ड गराउने क्रममा बहराइन आउनु भएको थियो |

यसैगरि कार्यक्रमको समापन गर्दै संयोजक डुक्पा तामांङले आफ्नो कुरा राख्दै ‘बिचार र दर्शन भनेको परिबर्तित हुनु पर्दछ, गतिसिल हुनु पर्दछ, यसलाई समयको माग अनुसार बदल्दै परिबर्तित गर्दै लानु पर्दछ यसै परिबर्तनालाई आत्मासाथ गर्दै नयाँ शक्ति पार्टीको जन्म भएको हो” भन्दै कार्यक्रमको समापन भएको थियो | समापन पछी उपस्थित सम्पूर्ण आगन्तुक अतिथि महानुभाबहरुलाइ नेपालि परिकारको मिठो खाना समेतको ब्याबस्था गरेको थियो | खानपानको ब्याबस्थापन ‘सितल रेस्टुरेन्ट’ प्रोपाइटर निमा शेर्पा, अमृता लिम्बु, झाहरमान थेबेले गर्नु भएको थियो | कार्यक्रमको संचालन नयाँ शक्ति अभियान्ता झाहरमान थेबेले गर्नुभएको थियो |

विश्व साइकल यात्री  लोक बन्धु कार्कीलाई सम्मान तथा आर्थिक सहयोग

यसै कार्यक्रमको बिच भोजपुर हातेमालो सेवा समाज को अगुवाई र ‘अन्तराष्ट्रीय नेपाली समाज’ बहराइन को सहयोगमा बिस्व साइकल यात्रि लोक बन्धु कार्कीलाइ सम्मान तथा आर्थिक सहयोग समेत गरेको छ ।
कार्कीले नेपाल र नेपालीलाइ बिस्व सामु चिनाउन खेल्नु भएको भुमिकाको उच्च क़दर गर्दै र उहाको बाँकी यात्रा सफलताको कामना स्वरूप ‘अन्तराष्ट्रीय नेपाली समाज बहराइनले उहाँलाइ सम्मान तथा आर्थिक सहयोग गरेको हो ।

भारतबाट बिश्व साइकल सात्रा सुरू गरेको कार्की बिस्वको १३८ वोटा देसहरूमा यात्रा गरि सक्नु भएको छ भने साउदी, क़तार हुदै हाल उहाँ बहराइनमा आउनु भएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution