हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

राप्रपाबाट कमल थापा उपप्रधान एवं स्थानीयविकास मन्त्री नियुक्त,थप तीन मन्त्री सहित मन्त्रिपरिषद् विस्तार


२६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाबाट उपप्रधानसहित तीन मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।मधेसी मोर्चाले ७ दिनभित्र संविधान संशोधन र स्थानीय चुनाव स्थगित नभए स्वतः समर्थन फिर्ता हुने घोषणा गरे लगतै राप्रपाले सरकारमा थप मन्त्री पठाएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधान एवं स्थानीयविकास मन्त्री नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतक दिलनाथ गिरीलाई संस्कृति, पर्यटन तथा नायरिक उड्ययन मन्त्री नियुक्त गरिएको छ ।थापा र गिरीले बिहीबार नै राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।

राप्रपाबाट राज्यमन्त्रीमा सिफारिस भएका परशुराम तामाङले भोलि शुक्रबार सपथ लिनेछन् ।राप्रपा र राप्रपा नेपालबीच एकता हुनु अघि नै राप्रपाबाटै दीपक बोहोरा आपूर्ति र विक्रम पाण्डे भूमिसुधार मन्त्री छन् ।राप्रपाबाट मन्त्री थप्नु अघि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी नेता हितराज पाण्डेलाई स्थानीय विकासमन्त्रीबाट फिर्ता गराएका थिए ।

उनलार्इ पशुपंक्षी विकासमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले अस्वीकार गरेका छन् । स्थानीय विकास राज्यमन्त्री रहेका श्रीप्रसाद जबेगुबारे भने नयाँ निर्णय भएको छैन ।यस्तै मन्त्रीद्वय जीवनबहादुर शाही र प्रेमबहादुर सिंहको पनि मन्त्रालय हेरफेर भएको छ । शाहीले सम्हाल्दै आएको पर्यटन मन्त्रालय राप्रपाबाट मन्त्री भएका गिरीले लिएका छन् ।

कांग्रेस नेता शाहीलाई भने प्रेमबहादुर सिंहले सम्हाल्दै आएको खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंहले भने प्रधानमन्त्रीसँग रहेको विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।बिहीबारको विस्तारसँगै प्रचण्ड सरकार ४४ सदस्यीय भएको छ । बिहीबार एक मन्त्री हटे भने उपप्रधानसहित दुई मन्त्री र एक राज्यमन्त्री थपिए ।

अब प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री भएका छन् । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा छन् । तेस्रा उपप्रधानमन्त्री कमल थापा भए, उनले स्थानीयविकास मन्त्रालय सम्हाल्नेछन् ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution