बहराइन तामाङ सेवा समाजको सम्मान कार्यक्रम सम्पन्न

मनामा ७ मार्च २०१७ | बहराइन तामाङ सेवा समाजको आयोजनामा गत फेब्रुअरी ३ मा सम्पन्न २८५३ औ ज्या/ नामे ल्हो ( चरा बर्ग) सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमलाई सभ्य एबं भब्य रुपमा सफल पार्न महत्वपुर्ण भूमिका खेल्नुहुने सबैलाई हार्दिक धन्याबाद ज्ञापन सहित सम्मान कार्यक्रम गरेको छ |
मानमा स्थित सेवारो रेरेस्टुरेन्टको सभाहलमा एक बृहत कार्यक्रमको आयोजना गरि तामाङ सेवा समाज बहराइनले २८५३ औ ज्या/ नामे ल्हो (चरा बर्ग) सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमलाई सहयोग गर्ने प्रायोजकहरु, कलाकारहरु र स्वयंसेवक लगायत पत्रकारहरुलाई सम्मान गरेको हो |
बहराइन तामाङ सेवा समाजका अध्यक्ष श्रवण मिक्चनको सभापतित्वमा भएको कार्यक्रको प्रमुख अतिथिमा नेपाली दूतावास बहराइनका श्रम सहचारी अमृत लोप्चन तामाङ र समाजसेवी गम गुरुङ रहनु भएको थियो भने अतिथिहरुमा नेपाली क्लबका अध्यक्ष कल्याण श्रेष्ठ (कमल) आदिवासि जनजाति महासंघ बहराईनका अध्क्षय काजी थापा, नेप्लिज वेलफेयर सोसाईटीका माला घिमिरे, तामाङ सेवा समाजका संरक्षक सोनाम वाङ्दि तामाङ,प्रमुख सल्लाहकार हर्क लो तामाङ लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थिति रहेका थिए |
साथै कार्यक्रममा तामाङ सेवा समाजले सबै सहयोगी अतिथि कलाकार आयोजक कमिटि, स्थानिय कलाकार साथीहरु, स्वयंसेवक साथीहरु,पत्रकार साथीहरु लगायत सम्पूर्ण दर्शक महानुभावहरुलाई समेत हार्दिक आभार ब्यक्त गरेका थिए |
कार्यक्रम तामाङ सेवा समाजका सचिव च्याङ्बा लामा तामाङले कुशलतापुर्वक संचालन गरेका थिए |