नयाँ शक्ति कतार द्वारा खेलाडीहरुलाई सम्मान
दोहा – ७ मार्च |अन्तराष्ट्रिय नेपाली समाज कतार (नयाँ शक्ति) ले देशका गहना र देशलाई चिनाउन विभिन्न मुलुकमा पुगेर आफ्नो देशको नाम राख्न सफल हुनुभएका नेपालका तेक्वान्दो खेलाडीहरुलाई सम्मान गरेको छ |
अन्तर्राष्ट्रिय च्याम्पियन सिप प्रतियोगितामा गोल्ड मेडल जितेर देशको नाम र नेपाली जगतलाई चिनाउने तेक्वान्दो खेलाडीहरुलाई र बेस्ट अवार्डले बिभुशित सम्मानित कोच रोशन खान सहितको ११ जना देशका गहनाहरुलाई सम्मान पत्र सहित ५५ हजार नगद राशी प्रदान गरेको छ ।
बिगत देखि खेल जगत र खेलाडीसँग एक अभियान संचालन सम्म गरेको अन्तराष्ट्रिय नेपाली समाज कतार (नयाँ शक्ति) ले युएईमा च्याम्पियन सिप खेलेर नेपाल फर्किन लागेका खेलाडीहरुलाई कतार भित्रै सम्मान स्वरुप उनीहरु संग खेल जगतको बारेमा अब आफुहरुले अभियान चलाउने र खेलाडीहरु पनि देशका सिपाही र गहना दुबै भएकाले खेलकुद जगतको संरक्षकत्व गर्न राज्य चुक्न नहुने समाजका संयोजक बि बि खरालले बताउनु भयो ।
उक्त समारोहमा संगठन प्रमुख लाल भट्टले स्वागत गर्नु भएको थियो भने सहसंयोजक दुर्गा सुनार , प्रवक्ता ध्रुब क्षेत्री ,कोषध्यक्ष देब परियार सन्तोष बस्नेत र अतिथि मुस्लिम बिभाग संयोजक इब्राहीम मियाले शुभकामना मन्तव्य दिनु भएको थियो ।
साथै तेक्वान्दो कोच रोशन खान र गोल्ड मेडल सम्मानित सुदिप गिरीले नयाँ शक्ति पार्टी नेपाल र नयाँ शक्ति कतारले आफुहरुलाई गरेको सम्मानलाई ऐतिहासिक रहेको र हाल सम्म कुनै पनि पार्टीले यसरी सम्मान नगरेको बताउदै नयाँ शक्ति पार्टीलाई र संयोजक बि बि खराललाई धन्यवाद दिनु भयो । अन्तमा सम्पुर्ण नयाँ शक्ति कतारका संयोजक बि बि खरालले बिशेष धन्यवाद देब परियार ,दुर्गा सुनार,इब्राहिम मिया ,कलिम मिया ,अकबर अब्दुल करिम मिया,महमुद कार्की,इन्जिनियर हारिस भणडारि ,यासिन मामा ,सन्तोष बस्नेत ,धुर्ब क्षेत्री ,लाल भट्ट ,सतिस पाठक सबैलाई हार्दिक धन्यवाद अर्पण दिनु भयो ।