नयाँ शक्ति इजरायलले नेपाली दुतावास मार्फत प्रधानमन्त्रि दाहाललाई ज्ञापनपत्र र संकलित हस्ताक्षर बुझायो

तेलअविव – नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज इजरायलले देशको समसामयिक बिषयवस्तु उपर र इजरायलवासी नेपालीको समस्याहरु र हितको पक्षमा नेपाली दुतावास इजरायल मार्फत प्रधानमन्त्रि पुष्पकमल दाहाललाई सम्बोधन गर्दै ज्ञापन-पत्र बुझाएको छ |
साथै नयाँ शक्ति पार्टी नेपालले स्वदेश तथा बिदेशबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपतिको लागि शासकीय प्रणालीको पक्षमा संचालन गरेको हस्ताक्षर अभियानलाई पूर्ण समर्थन र प्रतिबद्धता जनाउदै प्रवासभुमि इजरायलबाट संकलित हस्क्षाक्षर गत ५ मार्च २०१७ (आइतबार) समाजका संयोजक एवं नयाँ शक्ति पार्टी नेपालको आन्तरिम केन्द्रिय परिषद सदस्य बी बी लामा तामाङले इजरायलका लागि नेपाली महामहिम कार्यबाहक राजदुत रामेश्वर पौडेल समक्ष ज्ञापन-पत्र वाचन गरी बुझाएको अन्तराष्ट्रिय नेपाली समाज इजरायलका प्रवक्ता दावा योन्जन तामाङले तामाङलाइनलाई जानकारी दिएका छन् |
ज्ञापन-पत्रको पूर्ण अंशको लागि क्लिक गर्नुहोस्
सम्माननिय प्रधानमन्त्री
श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू,
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
सिंहदरबार काठमाडौँ ।
मार्फत:नेपाली राजदुतावास,इजरायल
विषय: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपतिको पक्षमा हस्ताक्षर
नयाँ शक्ति पार्टी नेपाल द्वारा स्वदेश तथा बिदेशमा समृद्धि र स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपतिय शासन प्रणालीका पक्षमा हस्ताक्षर संकलन अभियानलाई प्रवास भुमि इजरायलबाट पूर्ण समर्थनको साथ प्रतिबद्धता जाहेर गर्दछौ |
छोटो अवधिमा पटक–पटक सरकार गठन र विघटन हुनु नै अस्थिर राजनीतिको उपज हो | वर्तमान संसदीय प्रणाली बाटै राजनीतिक स्थायित्व,निकास र प्रगति सम्भव नै छैन । त्यसको लागि वर्तमान शासकिय स्वरुपमा परिवर्तन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था अपरिहार्य आवश्कता रहेको ठहर गर्दै नयाँ शक्ति पार्टी नेपालले स्वदेश र बिदेशबाट जनदवाव सिर्जना गर्न र सबैको साझा मुद्दा बनाउन १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने उद्देश्य अनुरुप इजरायलबाट पनि संकलित हस्ताक्षर नेपाल सरकार समक्ष नेपाली राजदुतावास मार्फत पठाएको जानकारी अवगत गराउछौ |
इजरायलको कामको प्रकृति र समय अभाब संगै इजरायलमा अवस्थित नेपाली समुदायको संख्याको हिसाबले संकलित हस्ताक्षर गणितीय हिसाबले थोरै वा कम्ति भएतापनि नयाँ शक्ति पार्टी नेपालले संचालित अभियानको मुख्य मुद्धा “प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति” शासन शासन प्रणालीका पक्षमा नेपाल सरकारको ध्यान गम्भीरतापुर्वक जावोस् भन्ने कामना गर्दछौ |
धन्यवाद |
भवदिय
……………………….
बी बी लामा तामाङ
(संयोजक)
अन्तराष्ट्रिय नेपाली समाज ,इजरायल (नयाँ शक्ति)
एवम्
आन्तरिम केन्द्रिय परिषद सदस्य
नयाँ शक्ति पार्टी नेपाल