हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

राजनीतिमा रविन्द्र मिश्रको उदय र मेरा अनुभूतिहरु

pradepa tulachan

-डा. प्रदीपमान तुलाचन
डा. बाबुराम भट्टराईसँग काम गरेको बर्ष दिन भयो । आफ्नो पार्टी र देशलाई समृद्ध बनाउनुपर्छ भनी दिनहुँ १२-१५ घण्टा डा. बाबुराम भट्टराई खटेको देखेर म त छक्क पर्छु । साँच्चिकै भन्नु पर्दा म वहाँजस्तो खट्न सकिनँ । इज्जतदार र आरामदायक जीवन बिताएको म जब राजनीतिमा लागेँ, सुरुका दिनहरु निकै कठोर महसुस भयो ।
एउटा उदहारण- पहिलोपटक दिनभरीको एउटा कार्यक्रममा सहभागी हुँदा दुई कप कालो चिया र दुईवटा पुरी र एक प्लेट चना तरकारीमा बिताउनु परेको र सहभागिताको लागि पनि पाँच सय तिर्नुपर्‍यो । उक्त कार्यक्रममा सहभागी भएपछि मलाई अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत हुँदा यस्तै एक दिनभरीको कार्यक्रम तीन वा पाँच तारे होटेलमा बफेट लञ्च र बेलुकी ककटेल डिनरको याद आयो । तर, राष्ट्रको लागि केहि राम्रो काम गर्छु भनी राजनीतिमा लागेको म केही त्याग गर्नै पर्छ भन्ने अनुभूतिपछि मलाई दुईवटा पुरी र एक प्लेट चना तरकारी खाए पनि सन्तुष्टि मिल्यो ।
केहि दिनअघि रविन्द्र मिश्रजस्तो व्यक्ति पनि राजनीतिमा होमिनु भयो । यो हामी नेपालीहरुको लागि अत्यन्तै खुसी र गर्वको कुरो हो । भिजनरी, ईमान्दार र क्षमतावान व्यक्तिहरु राजनीतिमा नलागेको हुनाले नै अहिले हाम्रो देशको अवस्था अत्यन्तै नाजुक भएको हो । वहाँ भिजनरी, ईमान्दार र क्षमतावान व्यक्तिहरु मध्ये एक हुनुहुन्छ ।
तर, राजनीतिमा लागेपछि मेरा पनि विशिष्ट अनुभव अनुभूतिहरु छन् । म यो अवसरमा यसलाई बाँड्न चाहन्छु । म पनि जिन्दगीभर कुनै पेशामा आवद्ध भएर प्रतिष्ठित र सुविधाजनक जीवन बिताइरहेको थिएँ । जब नयाँ शक्ति पार्टी नेपालमा लागेँ, मैले के महसुस गरेँ भने नेपालमा पार्टी चलाउनु अत्यन्तै चुनौतिपूर्ण हुँदो रहेछ । तसर्थ, अहिलेको राजनैतिक तुफानमा रविन्द्रजी कसरी अगाडि बढ्नु हुन्छ, भविष्यले नै बताउँछ ।
केही कमी कमजोरीहरुको बाबजुद पनि मैले डा. बाबुराम भट्टराईलाई भिजनरी, ईमान्दार र अत्यन्तै क्षमतावान पाएँ । देशलाई समृद्ध बनाउन पर्छ भन्ने कुरामा वहाँ अत्यन्तै गम्भीर र प्रतिवद्ध भएको पाएँ । मलाई उहाँसँग काम गर्ने मौका पाएकोमा अति खुसी र गर्व लागेको छ ।
राजनीतिमा लागेर जब मैले गम्भिर भएर अध्ययन र विश्लेषण गर्न थालेँ, मैले के पाएँ भने सामन्ती व्यवस्था विरोधमा लडेर शीर्ष नेता बनेका हाम्रा नेताहरु आफैं सामन्ती बनेको अहिलेको नेपालको पीडादायी अवस्थाले देखाउँछ । भ्रष्टाचार, नातावाद र कृपावादले राष्ट्रको अर्थतन्त्र तहसनहस बनाएको छ । विकास निर्माणको कामहरु ठप्प छन् । शीर्ष नेताहरु अहंकारी छन् । मेरो गोरुको बाह्रै टक्का भनी सोच्द्छन् ।
एकताका सद्दाम हुसेन (इराक) र कर्नेल गद्दाफी (लिबिया) बहुतै शक्तिशाली शासकहरु थिए । दुईजना अति नै अहंकारी थिए । विरोधीहरुको कुरा पटक्कै सुन्दैनथे । विरोधीहरुलाई दबाएरै ठिक पार्न सकिन्छ भन्ने उनीहरुमा आत्मविश्वास थियो । विरोधीहरु लागि दबाउन सबै किसिमका अस्त्रहरु प्रयोग गर्थे । आफुहरुले जस्तो किसिमको अन्याय अत्याचार गरे पनि जिन्दगीभर जनताले सहेरै बस्छन् । उनी दुवैले सपनामा पनि सोचेका थिएनन् कि आफ्नो अन्त्य अत्यन्तै दर्दनाक र पीडादायी हुन्छ भनेर । अन्याय र अत्याचारको श्रृंखला नाघेपछि सद्दामले जमिनमूनि एउटा दूलो खनेर त्यहाँ लुकेर बसेर आफुलाई बचाउने कोसिस गर्‍यो । गद्दाफीले फोहोर बग्ने एउटा नालाभित्र लुकेर आफुलाई बचाउने कोसिस गर्‍यो । आफ्नै विश्वासपात्रहरुको सूचनामा दुवैलाई पक्राउ गर्‍यो । सद्दामलाई फाँसीमा लडकाए मार्‍यो भन्ने गद्दाफीलाई पक्राउ गर्दा नै गोली हानी हत्या गर्‍यो ।
तसर्थ, अहिलेको नेपालको परिस्थितिमा हाम्रा अहंकारी शिर्ष नेताहरुले माथिको घटनाहरुबाट पाठ सिक्न अति जरुरी छ । जनताले पाउने अधिकार समयमा दिँदा धेरै नराम्रो घटनाहरु रोकिन्छन् । राष्ट्र समृद्धिको बाटोमा लाग्छ । व्यवस्था बदले पनि हाम्रा नेताहरुको सोच परम्परागत र सामन्ती छ । वहाँहरुले आफ्नो सोचलाई बदल्नु आवश्यक छ। एक्काईसौं सतापद्धतिको परिवर्तन अनुरुप ‘केही लिने केही दिने’ गरी अहिलेको राजनीतिक अवरोधलाई अन्य गर्न जरुरी छ । ढिलो चाँडो जनताले आफूले पाउनुपर्ने अधिकार लिएर छाड्छन् । यसको साक्षी संसारकै ईतिहास नै छ । समयमै प्रत्येक नेपालीको अधिकार सुनिश्चित गरे मात्रै नेताहरुको नाउँ इतिहासमा सुनौला अक्षरमा लेखिने छ । अन्यथा अहिलेको जस्तो शिर्ष नेताहरुको अहंकारी भुमिकाबाट अकल्पनीय सङ्कट ल्याउन सक्छ ।
नेपालको मुख्य मुद्दा समृद्ध नेपाल निर्माण गर्नका लागि आवश्यक भिजन र कार्य दिशा दिनु हो । यही एजेण्डालाई लक्षित गरी नयाँ शक्ति पार्टीले उत्पादन तथा रोजगार /स्वरोजगार सम्बन्धी अभिमुखिकरण प्रशिक्षण देश भरी सन्चालन गर्दै छ । पहिलेझैँ राजनीतिक भाषण र प्रशिक्षक दिनुको सट्टा विज्ञहरुको टोलीले जिल्ला जिल्लामा युवा तथा पार्टी अभियन्ताहरुलाई उधमशील बन्न उत्प्रेरित गर्न उत्पादन तथा रोजगार /स्वरोजगार सम्बन्धी अभिमुखिकरण तालिम सञ्चालन गरिरहेको छ । यो कार्यक्रममा उत्साहजनक सहभागिता हुनुको साथै यसको माग अत्यधिक मात्रामा बढ्दै आएको छ । युवा साथीहरु तथा अभियन्ताहरुको उत्साहजनक सहभागिताले यो कार्यक्रमलाई थप ऊर्जा मिलेको छ । तसर्थ, आज नेपाल आमाको माग समृद्धि नै हो। यो समृद्धि नयाँ शक्ति पार्टी नेपालले मात्र सम्भव तुल्याउन सक्छ ।
संसारकै एक सबैभन्दा बढी सफल र धनी उद्यमीले दक्षिण अफ्रिकाको राष्ट्रपति नेल्सन मण्डलालाई एक उत्कृष्ट उद्यमी मान्छन् । किनकी वहाँ राष्ट्रपति हुँदा र त्यसपछि नहुँदा पनि देशमा युवाहरुको रोजगार/स्वरोजगार सम्बन्धमा अत्यन्तै चिन्तित हुनुहुन्थ्यो । आफ्नो देशमा रोजगार /स्वरोजगार सृजना गर्न संसारका धनीहरुसँग व्यक्तिगत समर्क गर्नका साथै उनीहरुलाई आफ्नो देशमा लगानी गर्न सधैं प्रोत्साहित गर्नु हुन्थ्यो । ‘सम्बृद्धिको लागि युवा उद्यमशिलता र स्वरोजगार’ किताब लेख्ने शिलशिलामा मैले संसार कै उत्कृष्ट किताबहरु अध्ययन र विश्लेषण गर्दा के ज्ञान पायौं भने- उद्यमशिलता भनेको एउटा विचार पनि हो र यो संसारले दिएको एउटा उत्कृष्टता पनि हो जसको सहि र बुद्धिमानीपूर्वक प्रयोगबाट मानव जीवनमा ठूलो सकरात्मक फरक ल्याउन सकिन्छ । तसर्थ, राजनीतिककर्मी पनि उद्यम बन्नु जरुरी छ ।
अन्त्यमा, यो आलेखको मुख्य आशय हो- राजनीतिक भाषणमा सर्वसाधारण जनताको मोह छैन । उनीहरु जीविकोपार्जनको लागि उद्यमी बन्न चाहन्छन् । त्यसका लागि सर्वसाधारण जनता उद्यमशीलताबारे ज्ञान, सीप र दक्षता हासिल गर्न चाहन्छन् । त्यसका लागि, यो राष्ट्रको माया छ भने योग्य, दक्ष, दुरदर्शी र ईमान्दार व्यक्तिहरु भएको नयाँ पार्टीहरुबीच आउने चुनावमा सहकार्य गरी पुराना पार्टीहरुलाई निष्क्रिय बनाउन सके मात्र नयाँ र समृद्ध नेपालको निर्माण गर्न सकिन्छ ।
(अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधी गरेका डा.तुलाचन नयाँ शक्ति पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी परिषद सदस्य तथा श्रम, सहकारी र स्वरोजगार विभाग प्रमुख हुन्)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution