हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

जाजरकोटका गरीब र गिट्टी फोर्नेसँग एक महिना काम गरेर देखाउनुहोस् ….

रवीन्द्रजी !
सर्वप्रथम एउटा आम नेपालीको तर्फबाट तपाईंले लिएको पछिल्लो निर्णयलाई सम्मान गर्दै सफलताको शुभकामना दिन चाहन्छु ।

तपाईंलाई मैले लेखेको यो दोस्रो खुल्लापत्र हो । करीब एक वर्षअघि लेखिएको पहिलो खुल्लापत्र सामाजिक सञ्जालमा मात्र पन्ध्रहजारको हाराहारीमा शेयर भएको थियो । तपाईंले पढ्नुभयो कि भएन, त्यो त मलाई थाहा भएन तर मैले त्यतिबेला सोधेका धेरै प्रश्नमध्ये एउटाको उत्तर चाहिँ तपाईंको विज्ञप्तिमा भेटें ।

त्यो थियो, बाहिर बसेर राजनीतिक माहोल भड्काउनेतर्फ लाग्नुभन्दा युवाहरूको साथ लिएर स्वयं राजनीतिमा प्रवेश गर्नुहोस् । राजनीतिमा छिर्नुभयो, खुशी लाग्यो ।

‘छ लाखको जागिर छोडेर रवीन्द्र मिश्र राजनीतिमा आउँदैछन्,’ भन्ने खालका मिडिया हेडलाइनहरूले के संकेत गर्न खोजेका हुन्, त्यो त उनैको चासोको विषय होला । तर त्यसबाट म भने सन्तुष्ट हुन सकिनँ । तपाईंले आजसम्म नबुझ्नुभएको कुरा भनुँ या बुझ्न नखोज्नुभएको कुरा एउटै छ, ‘विलासिताको जागिर छोडेर गरिने राजनीति यो देशको लागि घातक राजनीति हो ।’

नेपालको अहिलेको अकर्मण्यताको कारक बनिरहेका करीब ९० प्रतिशत राजनीतिकर्मीहरूको आफ्नै पेशा छैन । प्रायः सबैले पुरानो जागिर छोडेरै आएका छन् र देशको यो हाल छ । यो तपाईं सजग बन्नुपर्ने एउटा बुँदा हो ।

तपाईंको कमजोरीहरू केलाउन भनेर मात्र यो खुल्ला पत्र लेखिएको होइन । तपाईंले बारम्बार भन्ने गर्नुभएको कल्याणकारी र परोपकारी राज्यको अवधारणा सही छ । त्यो प्रयोगमा आउने हो भने देशले मुहार फेर्न कत्ति समय लगाउँदैन । समस्या अनुहारहरूमा छ, विकृत र विद्रूप अनुहारहरूले कल्याणकारी राज्य कोर्ने खाकाहरू पनि विक्षिप्त बनाउँछन् । त्यतातर्फ सजग हुन जरूरी देखिन्छ ।

अहिलेको समस्या नीति होइन, नियत हो । मनभरि खराब नियत बोकेर दिनभरि देशनिर्माणका मीठा भाषण गर्दै रातभरि दलाल र ठेकेदारहरूसँग बसेर रक्सीको चुस्की लिनेहरूले देश बिगारेका हुन् । अब बिग्रने कुरा पनि बाँकी रहेको छैन जस्तो लाग्छ मलाई त । दुई दशकभन्दा बढी समयसम्म सञ्चारकर्मीको नाताले देशको हरेक दुर्गतिको साक्षी बनिरहनुभएको तपाईंलाई अब केही गर्न सक्छु भनेर लाग्नु स्वाभाविक नै हो किनभने मानिसलाई देश बनाउने जिम्मेवारीको बोध अक्सर पचास साठी कटेपछि मात्रै हुन्छ ।

मलाई लाग्छ काठमाडौंको खाल्डाखुल्डी परेको धुलाम्मे सडकमा चिल्ला गाडी कुदाउनेहरूले नेपाल चिनेका हुँदैनन् । महंगा बंगलाहरूमा बस्नेहरूले झुप्राहरूको समस्या बुझ्दैनन् । नेपाल चिन्नको लागि गरीब मुसहरहरूको बस्तीमा एक महिना धोती लगाएर बस्नुपर्छ, जाजरकोटमा झाडापखालाको महामारी चल्दा एकमहिना बिरामीसँगै जीवनजल पिएर बस्नुपर्छ ।

खोलाको किनारमा छ महिने नानीलाई पिठ्युँमा बोकेर गिट्टी फोर्ने महिलाहरूसँगै गएर एक महिना उनीहरूले फोर्ने बराबरको गिट्टी तयार गर्नुपर्छ । गिट्टीसँगै हरेकपटक आफ्नो भाग्यमा पनि हथौड़ा हानिरहेका ठेला उठेका उनका हातहरूसँग हातेमालो गर्न तयार हुनुपर्छ । चाँदीको चम्चाले भात खानेहरूका हातले बनाउने भनेको देश चाँदी जस्तै चम्किँदैन रवीन्द्रजी !

मुसहर, जाजरकोटका गरीब र गिट्टी कुट्ने महिलाहरूसँगै बसेर कम्तीमा एक महिना काम गरेर देखाउनुहोस्, अनि पत्याउँला तपाईंलाई, रवीन्द्रजी ! पत्याउने मात्र होइन, त्यसो गर्न सक्नुभयो भने रवीन्द्रलाई सहयोग गरौं भनेर विदेशी भूमिमा पसिना बगाइरहेका हामी युवाहरू तपाईंलाई साथ दिन आउनेछौं ।

संविधानले अलग राजनीतिक विचारधारा राखेर पार्टी खोल्न पाउने हकको व्यवस्था गरिदिएकै छ । हकको उपयोग मात्र गर्ने हो भने गर्नुस् । त्यो हकलाई जनताको आधारभूत अधिकारहरूसँग एकाकार गरेर अघि बढ्न त ढुङ्गाकै चिउरा चपाउनुसरह हुनेछ । तपार्इंले चाहिँ भविष्यमा के चपाउनुहुनेछ, त्यो त थाहा लाग्छ नै किनभने जनताले अधिकार पाएर खुशी हुँदा भतभती मन पोल्नेहरू माथिदेखि तलसम्म छरिएर रहेका छन् । दशकौंसम्म बीपी, पुष्पलालको मात्र नभएर विदेशी नेताका फोटा बेचेर चलिरहेको राजनीतिक सिन्डिकेट तोडिने संकेत आउनेबित्तिकै वैशाख बाह्र गते सम्झाइदिने भूकम्प आउँछ नेपाली समाजमा ।

मलाई याद छ, विवादास्पद पात्र लोकमानसिंह कार्कीले एक प्रकरणमा अर्का एक सञ्चारकर्मीलाई गिरफ्तार गरिँदा तपार्इंले पेशागत मान्यताको कारणबाट म बोल्न मिल्दैन भन्नुभएको थियो । नेता भइसकेपछि अर्को नेताको बारेमा पनि पेशागत मान्यताकै कारणबाट बोल्न नमिल्ने होला । हरेकले तपार्इंले भनेजस्तै पेशागत मान्यताको पालना गर्ने हो भने के होला ? जवाफ मनमनै सोच्नुहोला र आफैं राख्नुहोला । यसको बारेमा लेखिहाल्नुपर्दैन किनकि नेताहरूले व्यवहारबाट जवाफ दिने गर्दछन् । लेखेको र बोलेको कुरामा त मलाई एक प्रतिशत पनि विश्वास लाग्दैन ।

केही समयपहिला म दुई महिनाको छुट्टीमा नेपाल फर्किंदा विमानस्थलमा मेरो एउटा झोला र बत्तीस इन्चको टिभी कतिबेला नाच्दै आउँछ भनेर कुरिरहेको थिएँ । नजिकै कोही सुँक्क सुँक्क गरेको सुनें । एउटी महिला थिइन् । अरूहरूले सम्झाउँदै थिए उनलाई । पछि थाहा लाग्यो, उनले छ फीटको बाकस कुरिरहेकी थिइन् । नेपाली हुनुको एउटा नियति यही हो कि त्यो एयरपोर्टमा एकजनाले ३२ इन्चको टिभी कुर्छ, अर्कोले छ फीटको बाकस कुर्छ ।

टिभी र बाकसको बीचमा अनौठो तालमेल छ र त्यसैलाई बुझेर समस्या समाधान गर्न सक्नेहरू नेपाली राजनीतिमा सफल हुनेछन् । आफ्नो दिल छामेर आफैंलाई सोध्नुस्, के तपाईंको परिवार या नजिकका नातागोताले पनि टिभीको अपेक्षा गर्दा बाकसको बारेमा कहिल्यै सोचेका छन् ? सास फेरेका मृत मान्छेहरूले भाषण गर्ने टिभी र सास नफेरेका मृत मान्छेहरूले विदेशबाट स्वदेशसम्म यात्रा गर्ने बाकसमा तात्त्विक भिन्नता भने छैन । आजकल नेपालको राजनीति मृत्युशैय्यामा पुगेको छ ।

परोपकारी अक्षयकोषबाट विदेशमा ज्यान गुमाउनेहरूको परिवारले केही प्राप्त गरे कि गरेनन्, तर रातोबंगला स्कूल (जहाँ तपाईंका छोराछोरीले पनि पढ्छन् क्यारे) ले रकम प्राप्त गरेको जानकारी मलाई छ । बीबीसीमा तपाईंको आवाज सुनेपछि निदाउने र उठेपछि सुन्न चाहनेहरूले तपाईंको भाषण पनि सुन्देलान् किनकि उत्तिकै मीठो छ तपाईंको बोली ।
तर दूरदराजमा बस्ने काठमाडौंको नजरमा आदिमानवहरूले रेडियोबाट होइन, विकाससँग प्रत्यक्ष साक्षात्कार गर्न चाहन्छन् । मेरो मतलब राजनीति चुनौतीपूर्ण छ ।

अन्त्यमा, तपाईंलाई तमाम सजगताका साथ शुभेच्छा पनि दिन चाहन्छु । एकाध व्यक्ति राजनीतिमा पदार्पण गर्दैमा समस्या छुमन्तर हुँदैन । परिवर्तन हाम्रै जीवनकालमा हुनको लागि निरन्तरता र वैचारिक स्थिरताको आवश्यकता हुन्छ । भ्रष्टाचारीहरूलाई पनि आजकल त सजिलै कीरा पर्न छोडेको छ, झन् झन् तंग्रिएका छन् ।

एउटा सुझाव नै मान्नुस्, यसलाई कि भुरेटाकुरे राजनीतिले केही हुँदैन, बरू अहिले च्याउसरी खुलेका राजनीतिक पार्टीहरूको बीचमा राजनीतिक समन्वय गरेर नयाँ र पुराना छुट्ट्याएर प्रतिस्पर्धामा जान सकिन्थ्यो । त्यसलाई पुनर्विचार गर्न नभुल्नुहोला । अनि तपार्इंलाई विश्वास गर्न सकिने आर्थिक, राजनीतिक, वैचारिक र अन्य आधारहरू पनि सार्वजनिक गर्दिनुभएमा जनताले तपाईंलाई देश डुबाउने राजनीतिको निरन्तरताको रूपमा लिने थिएनन् ।

मलाई आशा छ, खुल्लापत्रमार्फत तपाईंको पछिल्लो कदमको बारेमा विदेशमा काम गरिरहेका मजस्ता हजारौं सचेत मान्छेको यो सल्लाह, सुझाव र भोगाइको प्रस्तुतीकरणलाई तपाईंले मनन गर्नुहुनेछ ।

लेखक – इश्वर अर्याल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution