पत्रकार महासंघ दोलखाको अध्यक्षमा जीवन लामा तामाङ निर्वाचित

दोलखा, फागुन १८ – नेपाल पत्रकार महासंघ दोलखा शाखाको अध्यक्षमा जीवन लामा निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशनले लामा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
बुधबार दिउँसो सम्पन्न बन्दसत्रले खुल्ला उपाध्यक्षमा लक्ष्मण थामी, महिला उपाध्यक्षमा मन्दिरा थापा, सचिवमा विनिता शिवाकोटी, खुल्ला सहसचिवमा शिवजी प्रधान, समावेशी सहसचिवमा सुवास योञ्जन र कोषाध्यक्ष शेरबहादुर भुजेल निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा सिर्जना खड्का, नवराज शिवाकोटी, श्याम खतिवडा, गौतम जिरेल, फुर्वा तामाङ, प्रभु जिरेल, प्रविण खतिवडा, महेन्द्र श्रेष्ठ, मुना गुरुङ र जगदिश शिवाकोटी चयन भएका छन् ।
यस्तै केन्द्रीय प्रतिनिधिमा राजेन्द्र मानन्धर, शम्भु गौतम, लक्ष्मण खड्का, दिपशंकर चौलागाई, होम पाठक, उद्धवप्रसाद पोखरेल, रमेश खतिवडा, केदार शिवाकोटी, बलराम खड्का, दिपक बस्नेत, सरद सापकोटा, मोहन रिजाल, निता राउत, शर्मिला बुढाथोकी, कालिका खड्का निर्विरोध निर्वाचित भएका छन् ।