कामपा प्रमुख रुद्रसिंह तामाङको सरुवा

फागुन १८, काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको सरुवा भएको छ ।
मङ्गलबार राति सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार तामाङलाई मन्त्रालयकै नगरपालिका तथा वातावरण महाशाखामा सरुवा गरिएको हो । सरुवा भएका तामाङले १८ महीना कामपाको कार्यकारी प्रमुखका रुपमा काम गरेका थिए ।
तामाङलाई सरुवा गरेसँगै कामपाको कार्यकारी अधिकृतका रुपमा ईश्वर पौडेल आएका छन् । पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । पौडेल र तामाङ दुवैजनाले बुधबार पदबहाली गर्ने कार्यक्रम छ । रासस