हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

उपत्यकाबाट नजिक भएर पनि लुकेको रातो गुम्बा

rato gumba

काठमाडौं । चीनको तिब्बत, भित्री मंगोलिया आदि क्षेत्रमा प्रचलित बौद्ध धर्मलाई तिब्बती बौद्ध धर्म भनिन्छ भने कथामा यस धर्मलाई लामा धर्म पनि भनिन्छ । यो धर्म प्राचीन भारतवर्ष र चीनको भित्री क्षेत्रबाट तिब्बतमा प्रवेश भएर त्यहाँको प्राचीन धर्मसित मिसिएर तिब्बतको विशेषतायुक्त बौद्व धर्म बनेको हो ।
चीनको हान् जातिले मान्ने बौद्ध धर्म र भारतको बौद्ध धर्मको प्रभावमा परेर तिब्बतमा प्रचलित बौद्ध धर्मका बिहार अथवा गुम्बाहरुको निर्माण गर्दा हान् जातीय शैलीको दरवारको आकार नक्कल गरेर केही परिवर्तन पनि गरिएको छ । सामान्यतः ती गुम्बाहरु शानदार र भव्य हुनुका साथै सूक्ष्म रुपमा छाना र खम्बामा बुट्टाहरु बनाइएका छन् । उदाहरणका लागि काठमाडौंको रातो गुम्बा, सेतो गुम्बा सबै प्राचीन निर्माण कलाका उत्तम संरचना हुन् ।
ती गुम्बाहरुमा रंगीबिरंगी ध्वजा–पताकाहरु झुण्ड्याइएका छन् । देवालयका खम्बामा बुट्टेदार कार्पेट सजाइएका छन् । ती देवालयमा त्यति उज्यालो नभएको कारण रहस्यपूर्ण वातावरणले छाएको जस्तो लाग्छ ।

गुम्बाको बाहिरपट्टि विविध रंगले रंगाइएको छ । गुम्बाको बाहिरी भित्तामा रातो रंग छ अनि त्यसमा सेता र कफी रंगका फिताहरु बनाइएका छन् । पूजा घर र स्तूपालाई सेतो रंगले रंगाइएको छ । सेतो भित्तामा कालो झ्याल राखिएको छ । रंगाउने यस किसिमको शैलीबाट निर्मांण–वस्तुको रहस्यता प्रतिबिम्बित हुन गएको छ ।
कसरी पुग्ने रातो गुम्बा ?
उपत्यकाबाट नजिक रहेर पनि रातो गुम्बाको अवलोकन कमै मानिसले मात्र गरेका छन् । ढुङगेधारा चोकबाट करिब ३ किलोमिटर भित्र उक्त गुम्बा अवस्थित छ ।

ढुङ्गेधारा चोकबाट नर्सरी चोक हुँदै रानीवन जाने बाटो जाने बाटो हुँदै गए पनि उक्त ठाउँमा पुग्न सकिन्छ । अनि अर्को बिाटो भनेको सानो भर्याङ चोकबाट भित्र गए पनि उक्त ठाउँमा पुग्न सकिन्छ ।

यति नजिक भएर पनि रातो गुम्बाको अवलोकन गर्न मानिसहरु नजानुको कारण भनेको प्रचार–प्रसार नै हो । करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको रातो गुम्बा घुम्नलायक स्थान हो ।

त्यहाँबाट उपत्यकाको ‘भ्यू’ पनि राम्रोसँग हेर्न सकिनेछ । रातो गुम्बाको मुख्यतः विशेषता भनेको मन्दिरमा पूजा गर्न जाँदा हामी सधैं देब्रेबाट दाहिने घुम्छौं तर, रातो गुम्बामा दाहिनेबाट देब्रे घुम्ने हो । यसको कारण यो हो कि देब्रेबाट दाहिने घुम्दा देब्रे हात मन्दिरको छेउमा पर्छ र दाहिनेबाट देब्रे घुम्दा दाहिने हात मन्दिर साइडमा पर्दैैन दाहिने हातमा शक्ति हुन्छ भन्नु हो । @न्यूज२४नेपाल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution