प्रधानमन्त्री पुष्पकमल दाहालले आज देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं, १७ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साँझ राष्ट्रिय सम्बोधन गर्ने भएका छन्। स्थानीय निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा जनतालाई सम्बोधन गर्दै सबै पक्षबाट चुनावमा सघाउन प्रधानमन्त्रीले आग्रह गर्ने बुझिएको छ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट साँझ सम्बोधन हुनेछ।सरकारले वैशाख ३१ गतेका लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ।