हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आशा लामालाई राजदूत बनाउन कांग्रेस नेता जिपछिरिङ लामाको दबाब

काठमाडौं । म्यावपावर व्यवसायी आशा लामालाई राजदूत नियुक्तिका लागि कांग्रेसकै नेता जिपछिरिङ लामाले सभापति शेरबहादुर देउवालाई दबाब दिएको खुलेको छ ।
कांग्रेस उच्च स्रोतकाअनुसार देउवाका नजिकका मानिने नेता लामाले लामाको पुरानो इतिहास केही नबताई नेपाली कांग्रेसकी समर्थक भएकी भन्दै तिनलाई राजदूत बनाउन निकै प्रयास गरेको थाहा भएको छ ।
सो दबाबमा परेर देउवाले म्यानपावर सञ्चालक आशा लामाको नाम परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतलाई दिएका थिए । परराष्ट्र मन्त्री महतका निकटतम सुत्रले पनि लामाका लागि देउवाको भन्दा कांग्रेसी नेता जिप छिरिङको बढी दौड भएको थियो  । सबैतिरबाट अत्यन्त ठूलो दबाब र विरोध आएपछि महतलाई सो नाम फिर्ता लिन पनि बुढानिलकण्ठबाट सुझाव आएको पनि स्रोतले बताएको छ ।
पहिलो संविधानसभामा जनमोर्चा नेपालको तर्फबाट काठमाडौं ४ बाट उमेदवार बनेकी र मेनपावर व्यवसायीको चुनावमा एमालेबाट उमेदवार बनेकी आशा लामा कांग्रेस कोटाबाट राजदूतमा सिफारिस भएपछि कांग्रेसभित्र तीव्र विवाद देखिएको थियो । रामचन्द्र पौडेल पक्षधरले उनको विगत औंल्याउँदै तत्काल पुनर्विचार गर्न आग्रह गरेका थिए ।
स्रोतका अनुसार राजदूत सिफारिस हुने दिन बिहान मात्र मन्त्री महतलाई सभापति देउवाले निवासमा बोलाएर कांग्रेस कोटाका ६ मध्ये लामाको नाम पनि थपेर पठाएका थिए ।
“जिपछिरिङ लामाले अडान कसेपछि आशा लामाको नाम शेरबहादुर देउवाले प्रकाशशरण महतलाई दिएका हुन्,” स्रोतले भन्यो, “सभापतिले लिएको अडान फेर्न नसकेपछि परराष्ट्र मन्त्रीले पनि सोही नाम मन्त्रिपरिषदमा लगेका हुन् ।” आशा लामालाई सरकारले संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस गरेको थियो ।
पहिलो संविधानसभामा समानुपातिकतर्फबाट कांग्रेसको सांसद् बनेका जिप छिरिङ लामा निर्माण व्यवसायी हुन् । कांग्रेस नेता पौडेलको सिफारिसमा परेका डा. जगदिशचन्द्र पोखरेलको नाम हटाएर आशा लामाको नाम युएईको राजदूत सिफारिसमा परेको थियो ।
परराष्ट्र स्रोतले दिएको जानकारी अनुसार मन्त्रालयबाट नभई सत्तारुढ दलहरुको सहमतिमा सोमबारको मन्त्रिपरिषद्ले १४ देशका लागिराजदूत नाम सिफारिस गरेको हो ।
सिफारिस राजदूत मध्ये लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट राजदूत सिफारिस भएकी शर्मिला पराजुली विवादमा तानिएका थिए । पराजुली ओमनका लागि राजदूत सिफारिस भएकी थिइन् ।
लामा र पराजुली म्यानपावर व्यवसायसँग आवद्ध भएकाले विवादमा तानिए । त्यसपछि देउवा र मन्त्री महतले सल्लाह गरेर लामा र पराजुलीको नाम फिर्ता लिने निर्णय गरेको स्रोतले जानकारी दियो । मन्त्री निकट स्रोतका अनुसार गच्छदारसँग पनि सल्लाह गरेर दुई जनाको नाम फिर्ता लिने निर्णय गरिएको थियो ।
परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस राजदूतहरुको नाम पठाउने क्रममा दुई जनाको नपठाउने भएको छ । यता पहिले सहमति दिएका गच्छदारले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पराजुलीको नाम नहटाइदिन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।@बाह्रखरी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution