हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेपालको एक प्रमुख चाड – ग्याल्पो लोसार

Gyalbp losar 2144 npl

ग्याल्पो लोसार नेपालको एक प्रमुख चाड हो। यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन्। यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ।

यस बर्षको ग्याल्पो लोसार फाल्गुन १६ गते सोमबार परेको छ | यो बर्ष २१४४ अाैँ मे माे च्या ल्ह्यो ग्याल्पाे लाेसार बर्ष हो |

हरेकवर्ष फेब्रुअरी महिनामा ग्याल्पो लोसार  मनाउने तयारीमा शेर्पा, टिब्टियन तथा योल्मो समुदाय जुट्छ । शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु भन्दा २-३ दिन अगाडी घर,आँगन  सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याक्ने परम्परागत प्रचलन छ । प्रचलनअनुसार सबैले खाइसकेको बाँकी  अशं दोबाटोमा फाल्नुपर्छ ।

घर सफा गरी फोहोर मैला फाली सकेपछि जसमा गुथुक (नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै भटमास केराउ चना मुला चामल आटा आदि मिसाई बनाइएको एक परिकार) सबै परिवार मिलि खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छ भन्ने परम्परा पनि छ । परिवारको संख्या अनुसार पिठोका डल्लाहरू बनाई त्यसभित्र विभिन्न किसिमका (कागज, घ्यू, नुन, खुर्सानी, कोइला आदि इत्यादि) सामग्री राख्ने गरिन्छ । ती सामाग्रहरूमध्ये कागजको अध्ययनशील, घ्यूको चाप्लुसी, खुर्सानीको रिसाउने, कोइलाको डाह गर्ने जस्ता फरकफरक रूपमा अथ्र्याइएको हुन्छ । गुथुक खाने बेला आफ्नो भागमा जुन सामग्री पर्‍यो त्यहि प्रकारको बानी हुने विश्वास गर्ने गरिन्छ ।

गुथुक खाइ सकेपछि पुरानो साललाई विदाइ गर्दे नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही पनि नउठिसकेको वेला (रातको २-३ बजे) उठेर पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा करक्याङ(घ्यू), खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पुजापाठ गरि सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ । त्यस पछि घरका ठुलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र विशेष गरी छ्याङगुल (जाँडमा छोर्पी, बदाम, नरिवल किसमिस आदि मिसाएर एक परिकार) खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ ।

लोसारमा असुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने गरिन्छ । लोसारका लागि तयार पारेर राखिएका परिकारहरू (जस्तै छिमार,खप्से, लगायतका प्रसाद) भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँ लुगा लगाउने नभए पनि सफा लुगा लगाउने, र मान्यजनको हातबाट आशिर्वाद लिने गरिन्छ ।

त्यसपश्चात आफ्नो जन्मदिन अनुसारको शुभतिथि (सिज्य) हेरि घरको दुरी, आगँन अथवा डाडाँहरूमा गएर दीर्घायु सु–स्वास्थ्यको कामना सहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा (लुङ्दार) टाग्ने गरिन्छ र आफ्नो घर–छरछिमेकमा लप्सो मनाउने गरिन्छ । लामाबाट (रम्ने) अभिषेक गरेरमात्र लुङ्दार टाग्नुपर्ने प्रचलन पनि छ । परिवारबीच लोसार मनाई सकेपछि छिमेकीलाई घरमा बोलाएर अहिले शहरीय क्षेत्रमा पिकनिक (बनभोज) आयोजना तथा विभिन्न तरिकाबाट पनि लोसार मनाउने गरिन्छ । @ विकिपिडीया  |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution