हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आज मगर दिवस , के हो त मगर दिवस ? किन मनाइन्छ यो दिवस ?

– दिपा आले

इतिहास, भाषा, साँस्कृतिक  संरक्षण र सम्वर्द्धन  मगरहरुको मूलमन्त्र । जातीय पहिचान, स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल नारा बोकेको नेपाल मगर संघले आज देश विदेशमा मगर एकताको दिवस मनाउंदैछ । विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका साथै एकताको मालामा गाँस्ने  दिन हो मगर दिवस, मगर स्थापना दिवस । त्यति मात्र नभई यो दिवसले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता, भाइचारा, बन्धुत्व, सद्भाव र सहिष्णुताको साथै मगर एकता सधैं कायम रहिरहोस् भन्ने उद्देश्य बोकेर अगाडि बढेको छ ।
आफ्नै मुख्यौली थातथलो जातीय भूमि (मगरात), मगर जातीयले बोलिने तीन वटा मातृभाषा (ढुट, खाम वा पाङ र काइके),मगर जातीको धर्म (प्रकृति पुजक, बौद्ध) मगर जातीको मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको बहुआयामिक पहिचान जसको आफ्नै सरल मगराँती जीवनशैली छ । जसलाई नेपालका आदिबासी मुलबासी मंगोल वा मगर जाती समुदायको रुपमा चिनिदै आएको छ । आफ्नो मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको मगर जातीको एकताको दिवस नै मगर दिवस भनेर चिनिदै आएको छ । नेपालमा रहेका विभिन्न जातजातिहरुको आ आफ्नै पहिचान र अस्त्तिव बोकेको छ जसलाई दिर्घकालिन पहिचान दिन र राष्टूको पहिचान बनाउन आज सबै जातजातिहरु आफ्नो जातीलाई सचेत बनाउदै संगठीत हुंदै गईरहेको छ । जसमा मगर समुदाय पनि एक हो । जसले आफ्नो जातीय पहिचान र इतिहासलाई राज्यको निर्णायक तहमा पुराउन खोज्दैछ ।
नेपाल मगर संघ देशकै तेस्रो ठूलो जातीय संगठन हो । त्यसमध्ये आदिबासी जनजातिहरु मध्ये सबै भन्दा ठूलो संघ नेपाल मगर संघ हो । जसको आफ्नै पहिचान छ । जसले नेपालको आर्थिक, राजनीतिक, तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै समग्र राष्ट्रको विकास निर्माणमा टेवा पुराउंदै आएको छ । मगर जातीको विशेषता भनेको सोझो, मेहनती, इमान्दारी, देशभक्ति, कर्मठ, विश्वासीलो हुन्छन् । नेपालमा संख्यात्मक हिसाबले हेर्दा पनि मगरहरु नै जनसंख्या भएको ठूलो समुदाय हो । मगरहरुको थर तथा उपथरहरु अन्य गैरमगरहरु संग मिल्ने र मिलाउने भएको हुंदा जनगणनाले सही तथ्यांक दिन नसकसको अवस्था हाम्रो सामु जगजाहेर छ । यस विषयमा गहिरिएर अन्धयनन अनुसान्धान हुनुपर्छ तर हुन सकिराखेको छैन । जसको यर्थातता भन्नु पर्दा जनसंख्यामा पनि राजनीतिकरण भएको घटना हाम्रा अगाडि धेरै छन् ।
मगर समुदाय किन मगर दिवस मनाउ“ंदै आइरहेका छन् भन्ने बारेमा कतिपय नया“ पिढि होस् या त बास्तविक सूचना देखि टाढा रहेका मगर समुदायले नबुझेका हुनाले पनि मगर दिवसलाई मगर समुदायको चाडको रुपमा लिनु पर्छ भन्ने कुरा मगर समुदायमा सुनिन आउ“छ । तर फागुन १५ मगर समुदायको चाड नभएर मगर समुदाय एकजुट भएको दिन हो । जुन दिन मगर समुदायको एकता भएको दिन भनेर बुझ्नु आवश्यक छ । तर जनसंख्याको आधार यति ठूलो मगर समुदायलाई आफ्नो दिवसको बारेमा जानकार नहुंदा यस दिवसलाई चाडपर्वको रुपमा बुझिरहेको अवस्था छ । मगर जातीको आफ्नै पहिचान भएको चाड मागेसंक्रान्ती हो जुन चाडमा मनाउंदा प्रकृति पुजन गरिन्छ । बन जंगलमा पाहिने कन्दमुल, सखरखण्ड, गेडागुडी खाने गरिन्छ किन कि हामी मगर जाती प्रकृति प्रेमि छौ र प्रकृतिको छत्रछायामा हुर्किए आज यो अवस्थामा आईपुगेका छौ । त्यसैले पनि मगर समुदायको मुख्य चाड भनेकै मागीपर्व हो । जसकालागि नेपाल सरकारले राष्ट्रिय चाडको घोषणा गरी विदा समेत दिएको छ । सम्पूर्ण मगर जातीले आफ्नो चाडपर्वलाई रमाईलो संग मनाउन पाउ भनेर अन्य जातजातिलाई आर्थिक सहयोग गरे झै मगर समुदायलाई पनि यस पटकको मागी पर्व मनाउंदा सरकारले ५ लाख रकम प्रदान गरेको छ । यो हाम्रो समुदायको लागि खुशीको कुरो पनि हो ।
त्यसैगरी मगर दिवस मनाउनुको मुख्य कारण के हो त भन्ने विषयमा मगर समुदाय र गैरमगर समुदाय, शुभचिन्तक र आम नेपालीहरुलाई चांसोको विषय पनि बन्दै आएको छ । कतिपयले यो दिवसको बारेमा राम्रो संग बुझेका छन् भने कतिपयले यो दिवसको बारेमा बुझ्न खोजिरहेका छन् विषयत यो दिवस मनाउनु मगर जातीको आफ्नै पहिचानलाई जोगाउनु र समग्र मगर समुदायलाई सचेत बनाउंदै आफ्ना हकअधिकार र पहिचानलाई स्थापना गर्नु हो । जसले गर्दा समग्र देशको विकासले गति लिनेछ । मगर संघको सांगठानिक इतिहास हेर्दा वि.सं. १९९७ सालमा प्रवास दार्जलिङदेखि सुरु भएको हो । तर संघको औपचारिक स्थापना भने वि.सं. २०३८ सालमा भएको हो । जसले मगर दिवस मनाउंदै आज ३२ औं मगर दिवस आज विश्वभर मनाउदैछ । राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपश्चात वि.सं. २०१२ सालमा गुल्मी जिल्लाको भार्से गाउ“मा क्या.पदमबहादुर घर्तिमगरको अध्यक्षतामा वृहत मगर भेला गरिएको थियो । त्यस भेलाले पश्मिाञ्चल स्तरीय वृहत मगर सुधार समिति गठन पनि गरयो । यसरी म्याग्दीको औलो गाउ“मा हर्कजीत पुनमगरको अध्यक्षतामा मगरहरुको हकहितका लागि एउटा समिति गठन भएको मगर इतिहासविद्धहरु बताउ“छन् । त्यसपछि वि.सं. २०१४ सालमा तनहु“मा जिने आलेमगरको सहयोगमा वृहत कार्यक्रम सम्पन्न भएको थियो । वि.सं. २०२८ सालमा मुलुकभरबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीहरुलाई एकजुट गर्दै बाग्लुङ्ग जिल्लाका खिलध्वज श्रीसमगरको संयोजकत्वमा लाङघाली परिवार संघ खोलेको पाइन्छ । त्यसपछि डा. हर्षबहादुर बुढामगरको अध्यक्षतामा वि.स. २०३६ सालमा लाङघाली परिवार संघ गठन गरियो । मगर इतिहासविद्धका अनुसार वि.सं. २०३८ सालमा बुटवलमा केन्द्रीय भेला गरी हेम बहादुर पुनमगरको अध्यक्षतमा नेपाल लाङघाली परिवार संघको प्रथम तदर्थ समिति गठन भयो । त्यसपछि २०३९ साल फागुनको १४,१५मा तनुहंको दमौलीमा प्रथम केन्द्रीय महाधिवेशन गरियो । जुन महाधिवेशनले हेमबहादुर पुनमगरलाई अध्यक्ष चयन गरिएको थियो । यसरी मगर संघको सांगठनिक रुपमा परिवर्तन आउंदै गर्दा वि.सं. २०४२ सालमा नेपाल लाङघाली परिवार संघको नाम परिवर्तन गर्दै नेपाल लाङघाली संघ हुंदै दोस्रो महाधिवेशन सम्पन्न भएको पाइन्छ । जुन महाधिवेशनबाट कविराज पुनमगरलाई अध्यक्षमा चयन हुनुभएको थियो । त्यसैगरी वि.सं. २०४२ सालमा मानध्वज रानामगरको अध्यक्षतमा तेस्रो महाधिवेशन गरियो । २०४७ सालको निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य संगै र बहुदलीय ब्यवस्थाको आगमनमा वि.सं. २०४८ सालमा नेपालका पूर्व मन्त्री एवं आदिबासी जनजाति वरिष्ठ नेता गोरेबहादुर खपाङ्गीमगरको अध्यक्षतामा गठित समितिले पुरानो नाम नेपाल मगर लाङघाली परिवार संघलाई परिवर्तन गरी ‘नेपाल मगर संघ’मा नामाकरण गरियो । यसरी लाङघाली परिवार संघबाट नेपाल मगर संघमा आईसक्दा देश र विदेशमा रहेका मगर समुदायलाई एकिकृत, संगठीत र संरक्षीत गर्न गठन भएको मगर संघलाई आज आएर फागुन १५को बार्षिक रुपमा मगर समुदायको जन्म भएको दिवसको उपलक्ष्यमा मनाउन थालिएको हो । यसरी मगर संघको मूल उद्देश्य र लक्ष्य लाई आत्मासाथ गर्दै जातीय चेतना, जनजागरण, इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण, संबद्धन र कला जीवनप्रतिको खोजी, समाजिक विकासका कार्यशैली, कार्यदिशा र कार्ययोजनाको थालनीहरु मगर समुदायले गर्दै आइरहेको छ ।
त्यसैगरी इतिहासविद् एमएस थापाको भनाईअनुसार नेपालका मूलबासी नै मगरहरु हुन भनेर किटान गरेकाछन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा पहिला नेपालमा धेरै मगर राज्यहरु थिए र कालीगण्डकीदेखि दांया अथवा पूर्वतिर १२ वटा र बांया पश्चिमतिर १८ वटा मगर राज्यहरु थिए । जुन राज्यहरुलाई १२ मगरात र १८ मगरात भन्ने गरिन्थ्यो । ति राज्यहरुमध्ये धेरै शक्तिशाली राज्यहरु पाल्पा र गोर्खा थिए । जुन राज्यहरुमा मगर राजाहरु थिए । ति समयमा राजा, मन्त्री, भारदार, निजामति कर्मचारी सेना तथा सरकारी निकायहरुमा सबै मगरहरुको पहुंच थियो । जुन समय मगरहरु भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचानहरु अपार शक्तिको रुपमा स्थापित थियो । जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण तथा १०४ वर्षे राणा शासनकालमा मगरहरुको हकअधिकार, भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचान गुमराह शून्य स्थितिमा परिणत भयो । धेरै धनि मगरहरु तथा राज्यका विभिन्न निकायका वरिष्ठ पदाधिकारीहरु गैरमगर जातीहरुमा पयालन भए । जसले गर्दा मगरहरुको हकअधिकार र पहिचान शून्य स्थिति र अझै भयावह स्थिति सिर्जना हुनगयो । यसरी २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापित भयो त्यसपछि केही बुद्धिजीवि मगरहरुले सा–सानो झुण्डमा संगठित हुंदै गएर आज मगर संघ मात्र होइन मगर संघको भातृसंघ पनि गठन भएको छ । जसमा नेपाल मगर विद्यार्थी सघ, नेपाल मगर महिला संघ, युवा संघ, मगर भूपु सैनिक संघ, मगर लेखक, संघ, मगर रेडियोकर्मी संघ, मगर चलचित्रकर्मी संघ, नेपाल मगर बौद्ध सेवा समाज, विभिन्न सम्पर्क तथा समन्वय समिति, भाषिक, साहित्यिक, धार्मिक, सामाजिक, सांस्कृतिक संघ जस्ता मगर संघसंगै सम्बन्धीत निकायहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै यी संघहरु क्रियाशील रहेका छन् । यसरी मगर जातीले आफ्नो गुमेको र गुमराह गरिएको मौलिक अधिकारलाई स्थापित गर्न मगर दिवस मनाउ“दै आइरहेको छ । जसको नतिजाले र संगठनले गर्दा आज राज्य समेत मगर समुदायको आवाजलाई सुन्न बाध्य भइरहेको छ । एक दिन मगर समुदायको भावना, आवाज र पहिचानलाई राष्ट्रियता दिनेछ ।

 

संविधानमा मगर समुदायले उठाएको मूल मुद्दालाई राज्यले गम्भीर भएर ध्यान दिर्दै संविधानमा लेख्न आम मगर समुदाय आदिबासी जनजाति र बुद्धिजीवि नेपालीले सहयोग र साथ दिनेछन् भन्नेमा दुई मत छैन् । एकल ढंगले, एकल जातीले र सम्पन्नवादीहरुको सोंचले बनाएको संरचनाले मात्र देश र आम नेपाली जनताको भविष्य सुनिश्चित हुंदैन भन्ने मुद्दामा राज्यको ध्यान जान आवश्यक छ । साथै देश विदेशमा रहनु भएको आम मगर समुदाय र नेपाली दाजुभाई दिदीबहिनीलाई मगर दिवसको सार्थकतालाई पुरा गर्न हातमा हात र काँधमा काँध दिई सफल बनाउनको लागि शुभकामना ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution