हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक

निर्वाचन आयोगले वैशाख ३१ गते तोकिएको स्थानीय तह निवाचन २०७४को कार्यक्रम सार्वजनिक गदै चुनावको व्यवस्थापनमा सहयोग गर्न सरकारलाई १९-बुँदे निर्देशन दिएको छ।
उक्त निर्देशनमा निर्वाचनका लागि आवश्यक स्रोत, साधन र सुरक्षा व्यवस्था मिलाउने कार्यलाई उच्च प्राथमिकता दिन सरकारलाई भनिएको छ। निर्वाचन आयोगको आचार संहिता पालना गर्न र गराउन पनि जोड दिइएको छ।स्थानीय तह निर्वाचन २०७४ को लागि उम्मेदवारहरुको मनोनयन वैशाख १६ गतेबाट शुरु गर्ने निर्वाचन आयोगले बताएको छ।

आयोगको कार्यतालिका अनुसार १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन चुनाव चिन्ह प्रदान गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताए।
उनले भने, “वैशाख १६ गते १० बजेदेखि ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हामी उम्मेदवारको मनोनयन दर्ता गर्छों।”
आयोगले सरकारलाई निर्वाचन व्यवस्थापनमा सहयोग पुर्याउन १९-बुँदे निर्देशन जारी गरेको छ। शान्ति सुरक्षालाई प्राथमिकता दिंदै आयोगले निर्वाचन समाग्री ढुवानी र भण्डारण गर्न र निर्वाचनका बखत विषेश सुरक्षा प्रदान गर्न आग्रह गरेको छ।
निर्वाचनका लागि परिचालन गर्न मिल्ने सबै सरकारी निकायका जनशक्ति प्रयोग गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ।
साथै वैशाख २५ देखि ३१ गतेसम्म सबै शैक्षिक क्रियाकलापहरु स्थगन गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिएको छ।

निर्वाचन सम्पन्न गर्न करिब १० अर्ब रुपैंयाँ बजेट चाहिने सचिव गोपी मैनालीले बताए।उनले भने, “जस(चुनाव)का लागि १० अर्ब २९ करोड ६३ लाख रुपैंयाँ बजेटको हामीले अनुमान गरेका छौं, यो सुरक्षा खर्च बाहेक हो।”निर्वाचन मिति घोषणा भएको दिन, अर्थात फागुन ९ गतेसम्म, १८ वर्ष पुगेका व्यक्तिलाई निर्वाचन मतदाता नामावलीमा समावेश गरीने आयोगले जनाएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution