इजरायलमा ज्योतिषाचार्य जीवनाथ लामिछानेबाट अखण्ड पाठ सहित महाशिवरात्री मनाउदै

तेलअविव-श्री सत्य साई सेन्टर इजरायलले आउँदो २४ फेब्रुअरी २०१७ (शुक्रबार) शिवरात्रीको अवसरमा हर्तिचोन स्टेट ३५ मा रहेको भवनको पहिलो तल्लामा नेपालबाट आउनु भएको ज्योतिषाचार्य जीवनाथ लामिछानेको मुखाग्र्बाट अखण्ड पाठको निरन्तर सहित महाशिवरात्री पूजाको कार्यक्रम आयोजन गरिएको केन्द्रकी अध्यक्ष सुश्री नेहा गुरुङले तामाङअनलाइनलाई जानकारी दिएकी छिन् |
केन्द्रले सबै देवीदेवताको मूर्तिहरुको प्राण प्रतिष्ठा गरी भारतीय तथा नेपाली दिदीबहिनी तथा दाजुभाइले दुर्भाग्यमा काजक्रिया बस्न , शरीर च्वाख्याउँन सत्य साई सेन्टरमा गंगाजल उपलब्ध हुने समेत जानकारी दिएको छ |
व्रतालुहरुले पुजाआर्चना गरिने पुण्यकार्यमा इजरायल स्थित धार्मिक,सामाजिक,राजनीतिक,साहित्यिक संघसस्था तथा नेपाल तथा भारतका सम्पूर्ण भक्तजनहरुलाई पुजा तथा प्रवचन ,भजन कृतन र आरतीमा संग्लग्न भई प्रशाद ग्रहण गर्न श्री सत्य साई सेन्टर इजरायलले हार्दिक निमन्त्रणा गरेको छ |