हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

मधेसी मोर्चा आन्दोलनमा, चुनावमा सहभागी नहुने

काठमाडौं, ११ फागुन। ६ महिना भन्दा लामो समय आन्दोलन गरेर विश्राम लिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मधेस बन्दको आह्वान गर्दै फेरि आन्दोलनमा उत्रिएको छ।

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै गत वर्ष मधेसी मोर्चाले नाकाबन्दीसहित ६ महिना लामो आन्दोलन गरेको थियो। संविधानले मधेसको माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा होमिएको मोर्चा केपी ओली नेतृत्वको सरकारका पालमा तराइबाट काठमाडौं छिरेको थियो।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठन गरेपछि मधेसी मोर्चाले वर्तमान सरकारलाई बाहिरै बसेर समर्थन गर्दै आएको छ।
दाहाल नेतृत्व सरकारसँग मधेसको माग सम्बोधन गर्न संधिवान संशोधन गर्ने, मधेस आन्दोलनमा भएका घटनालाई छानविन गर्न आयोग गठनगर्नेलगायतका तीन बुँदे सहमति गरी मोर्चाले सरकारलाई बाहिरै बसेस समर्थन गर्दै आएको छ।

सरकारले मधेसीलगायत संविधानप्रति असन्तुष्ट पक्षको माग सम्बोधन गर्न भन्दै गत मंसिर १४ गते संसदमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो। प्रमुख प्रतिपक्ष एमालेलगायतका नौ विपक्षी दलले संशोधन प्रस्तावको विपक्षमा लगायतार संसद अबरोध गरेपछि लामोसमयसम्म प्रस्ताव पेश हुन पाएको थिएन।

सर्वोच्च अदालतले संधिवान संशोधन विधेधयकमाथि छलफल गर्ने सार्वभौम संसदको अधिकार भित्र पर्ने निर्णय गरेपछि विपक्षीको अवरोध हटेको थियो । त्यसपछि सकरारले संशोधन विधेयक संसदमा पेश गरेको छ। तर संशोधन प्रस्ताव पारित गर्न सरकार पक्षसँग स्पष्ट दुई तिहाइ बहुमत पुग्ने अवस्था छैन। मधेसी मोर्चाले संशोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने अडान राख्दै आएको छ। तर सरकारले संशोधन विधेयक पारित नगरिक फागुन नौ गते सोमबार स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

मोर्चाले मंगलबार तराइका विभिन्न जिल्लामा मशाल जुलुस प्रदर्शन गरेको थियो भने आज बुधबार तराई बन्दको आह्वान गरेको छ।

सरकारले निर्वाचनको मिति घोषणा गरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको मोर्चाले समर्थन फिर्ता त लिएको छैन तर सरकार विरुद्ध भने आन्दोलनको घोषणा गरेको छ। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष एमालेलगायतका अधिकांश दलले स्वागत गरिसकेका छन् भने मधेसी मोर्चाले भने आन्दोलनको घोषणा गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अब सरकारको सम्पूर्ण ध्यान संशोधन विधेयक पारित गराउनेमा केन्द्रित हुने भन्दै मोर्चालाई आश्वस्त पार्ने काम गरेका छन्। सोही विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेता सहभागी सर्वदलीय बैठक बोलाएका थिए, जुन बैठक मधेसी मोर्चाले बहिष्कार गरेको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution