नेपाली राजदुतावास इजरायलमा मगर संघ इजरायलले ज्ञापन-पत्र बुझायो

तेलअविव,२१ फेव्रुअरी -प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै नेपाल मगर संघ इजरायलले प्रधान मन्त्रिलाई ज्ञापन-पत्र बुझाएको छ | नेपाली दुताबास तेलअविवमा पुगेर संघकी कार्यबाहक अध्यक्ष श्री बिष्णु पुनमगर र कोषाध्यक्ष जय पुन मगरले संयुक्त रुपमा कार्यबाहक राजदुत श्री रामेश्वोर पौडेल मार्फत नेपाल सरकारलाई ज्ञापन-पत्रको साथमा प्रथम सहिद लखन थापा मगरको एक थान फोटो बुझाएको जानकारी तामाङअनलाइनलाई प्राप्त भएको छ |
पूर्ण अंश:
सम्माननिय प्रधानमन्त्री ज्यु
मन्त्री परिषदको कार्यलय
सिंहदरबार, काठमाडौं ।
विषय- ज्ञापन पत्र
जहानिया राणा शासनको अन्याय र अत्याचारकोविरुद्ध विद्रोह गर्दा शहादत प्राप्त गर्नु भएका नेपालका प्रथम सहिद लखन थापा मगरलाई राज्यले २०७२ असोज ३ गते प्रथम सहिद भनेर घोषणा गरेको थियो । मगरलगायत आदिवासी जनजातिको माग र व्यापक दवाबपछि मात्र राज्यले लामो समयपछि उहाँलाई प्रथम सहिद घोषणा गर्यो तर उहाँको त्याग र बलिदानको उचित मूल्यांकन र सम्मान गर्न राज्यले अझ पनि कन्जुस्याई र बेवास्ता गरिरहेको छ । प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न, उहाँको हत्या भएको दिन फागुन २ गते स्मरण गर्दै राष्ट्रिय बिदा घोषणा गर्न, प्रत्येक सरकारी कार्यलयहरुमा प्रथम सहिदको फोटो अनिवार्य राख्ने व्यवस्था मिलाउन र उहाँको नाममा प्रथम सहिद लखन थापा संग्रहालय खोल्ने पहल गर्नका लागि तेलअभिवमा रहेको नेपाली राजदूतावास इजरायल मार्फत नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।
बिष्णु पुन मगर, का.बा. अध्यक्ष
राम थापा मगर, महासचिब