किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा क्यान्सरपिडित बालकलाई आर्थिक सहयोग

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा झापा जिल्ला धरमपुर ९ निवासी इन्द्र बहादुर शेर्मा लिम्बूको नाति वर्ष ६ को सेसेहाङ शेर्मा लिम्बूलाई उपचारको लागि १ लाख ६३ हजार आर्थिक सहयोग प्रदान गरेको छ |
इन्द्र बहादुर शेर्मा लिम्बू बिगत १ वर्ष देखि मुत्रनलिमा क्यान्सर भई उपचार भईरहेको छ | आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले उहाँको उपचारको लागि किराँत याक्थुङ चुम्लुङ इजरायल (kyc) को पहलमा सहयोग रकम संकलन गरी सहयोग गरेका हुन् |
संस्थाकी उपाध्यक्ष माया वनेमले गएको १९ फेब्रुअरी २०१७ का दिन सहयोग रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ |वहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आर्थिक सहयोग प्रदान गर्नु हुने सम्पुर्ण इजरायलवासी दाजुभाइ तथादिदीबहिनीमा कियाच इजरायलले हार्दिक धन्यवाद व्यक्त गरेको छ |