नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना,अध्यक्षमा शिशिरकुमार भट्ट

१० फागुन काठमाडौं । नेपाल र इजरायलबीच ब्यापार तथा लगानीलाई प्रोत्साहन गर्ने भन्दै नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना भएको छ ।
मंगलबार नेपाल इजरायल चेम्बर अफ कमर्सको औपचारिक उद्घाटन भएको छ । राजधानीको अन्नपुर्ण होटलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल इजरायल चेम्बर अफ कमर्सको औपचारिक उद्घाटन गरेका हुन् ।
नेपाल इजरायल चेम्बर अफ कमर्सको अध्यक्षमा शिशिरकुमार भट्ट ,उपाध्यक्षमा रबिचन्द्र सिंह र महासचिवमा जे आर थापा र कोषाध्यक्षमा हेमन्त गोल्छा मनोनयन भएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री महतले इजरायलबाट आउने लगानीको लागि आफुहरुले उचित वातावरण दिने आश्वासन दिएका छन् ।
उनले भने ‘लगानी भित्राउनुहोस् , हामी त्यसको सुरक्षा र उचित वातावरण दिनेछाैं। ‘साथै महतले इजरायलले प्रयोग गरिरहेको कृषि प्रविधि नेपालमा पनि भित्र्याउन पर्ने बताएका छन् ।
अध्यक्ष भट्टले भने इजरायलबाट नेपालमा लगानी भित्र्याउनको लागि नेपाल इजरायल च्याम्बर अफ कमर्स माध्यम बन्ने बताएका छन् ।