अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा विमर्श कार्यक्रम सम्पन्न

कास्की – अन्तराष्ट्रिय मातृभाषा दिवस-२०१७ को उपलक्ष्यमा आयोजित ‘ सभ्यता निर्माणमा भाषाको देन ‘ विमर्श कार्यक्रम कास्कीमा क्रियाशील आदिवासी जनजाति अगुवा नेताहरुको विशेष उपस्थितिमा सम्पन्न भएको छ । लोकोत्तर लोकवादी विचार अभियानका प्रवर्तक धन प्रसाद तामाङले अध्यक्षता ग्रहण गर्दै कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
बहुभाषिक मुलुकमा खस भाषा बाहेक अन्य भाषा राज्यको विभेदका कारण संकटमा रहेको कुरा औल्याउनु भयो । भोट बर्मेली समान भाषिक समुदायविच अगामी दिनमा साझा कार्यक्रम सहित अगाडि बढ्ने निर्णय भएको छ । सो अवसरमा तिन गाउँले थकालीका पुर्व अध्यक्ष वसन्त थकाली , फोनिजका पुर्व उपाध्यक्ष तिलक पुन , भुजेल सेवा समितिका पुर्व केन्द्रीय कोषाध्यक्ष कुल बहादुर भुजेल , थकाली सेवा समिति कास्कीका पुर्व अध्यक्ष अम्बर तुलाचन , छन्त्याल सेवा समिति कास्कीका सचिव बम बहादुर छन्त्याल र सात कन्यादेवी तमु समाजका अध्यक्ष सु. नौ बहादुर गुरुङले आ-आफ्नो विचार राख्नुभएको थियो ।
नेपाल तामाङ घेदुङ प्रदेश नं.- ४ का अध्यक्ष दिपक वाईबा द्वारा संचालन गर्नुभएको कार्यक्रम मातृभाषी कवि राम प्रसाद तामाङले तामाङ भाषाको कविता वाचन गर्नुभएको थियो ।