हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

जुवा जित्न वनमान्छेको पन्जा किनबेच

काठमाडौं- चितवनका ५० वर्षीय कालु गुरुङ र ३३ वर्षीय इन्दु गुरुङ दम्पती हुन्। महानगरीय अपराध महाशाखाको हिरासतमा रहेका यी दुई कसुर अन्य घटनाभन्दा फरक छ। गुरुङ दम्पतीबाट बरामद सामग्री पनि प्रहरीकै लागि ‘अचम्मको वस्तु’ भएको छ।

महाशाखाले गुरुङ दम्पतीबाट बरामद गरेको वस्तु मान्छेको हातको पन्जाजस्तो छ। अबिर र सिन्दुर पोतिएको, सुरक्षित तरिकाले पहेंलो कपडामा बेरिएको उक्त पन्जा लाखौंमा बेच्ने योजना र ग्राहककै खोजीका क्रममा गुरुङ दम्पतीलाई प्रहरीले पक्राउ गर्‍यो।

घटना अनुसन्धान गरिरहेका प्रहरी अधिकारीले गुरुङदम्पतीले बरामद पन्जा वनमान्छेको दाबी गरेका छन्। यस्तो पन्जा आफूसँग राख्ने व्यक्तिले जुवा नहार्ने अन्धविश्वासका कारण निकै ठूलो धनराशिमा खरिदबिक्री हुने गर्छ।

‘जुवा नै व्यवसाय भएका सट्टाबाज, घरजग्गा व्यापारी र अन्य त्यस्तै समूहमा खरिदबिक्री हुने गरेको छ, थप विवरण प्रयोगशालाको परीक्षणपछि थाहा हुन्छ’, महाशाखाका एसपी प्रकाशजंग कार्कीले नागरिकसँग भने। उनका अनुसार बरामद सामग्री थप अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशाला, पुरातŒव विभाग र वन कार्यालय पठाएको छ।

घटनाका अनुसन्धान अधिकारी डिएसपी किरणजंग थापाका अनुसार गुरुङ दम्पतीले हुँदै नभएको काल्पनिक वस्तुलाई ठगीकै लागि वनझाँक्रीको भनेर बेचबिखन गर्न खोजेका थिए। उनका अनुसार चार जनाको समूहमा रहेका उनीहरुमध्ये दुई बुद्धको मूर्तिका ग्राहक खोज्दै गर्दा फेला परेका हुन्।

महाशाखाले प्राचीन बुद्ध मूर्ति बेचबिखनमा संलग्न सिन्धुपाल्चोक, गातीका अर्जुन मगर र मार्मिङका रामशरण मगरलाई पक्रेको हो। प्रहरीले उनीहरुबाट प्राचीन मूर्तिसमेत फेला पारेको छ।

अन्धविश्वासमा हुँदै नभएका वस्तुको बजार

काठमाडौंमा प्रहरीले उत्पत्तिमै अति दुर्लभ र यकिन नभएका वस्तुको समेत व्यापार भइरहेको अवस्थामा समय–समयमा व्यक्ति र वस्तु बरामद गर्दै आएको छ। प्रहरीले गरेका पछिल्ला कारबाहीमा स्यालको सिङ, नाग मणि, वनझाँक्रीको हड्डी र मानवअंग बरामद गरेको हो।

प्रहरीका अनुसार छिटो सम्पन्न हुने लालसामा नागमणि, स्यालको सिङ र वनझाँक्रीको हड्डीको व्यापारका घटना काठमाडौंमा हुने गरेको छ। बिक्री गर्ने ग्रामीण र खरिदकर्ता शिक्षित र सहरवासी देखिएका छन्।

महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य सचेत र शिक्षित नागरिक अन्धविश्वासमा पर्दा यस्ता वस्तुको व्यापारमा संलग्न र ठगीको प्रकृति उपत्यकामा बढेको बताउँछन्। उनका अनुसार छिटो धनी हुने र सम्पन्न बन्ने सपनामा यस्ता शून्य मूल्य भएका नक्कली वस्तुको व्यापार फस्टाएको हो।

‘वस्तुको कुनै मूल्य छैन, तर लाखौंमा बेचबिखन भइरहेको छ, ठूलो आर्थिक कारोबारका कारण ठगी र अन्य जघन्य अपराधको सहायक यस्ता घटना भइरहेका छन्’, अमात्यले भने। उनका अनुसार अर्वुद्ध रोगबाट ग्रस्त व्यक्ति र परिवार तथा व्यापार–व्यवसायमा घाटा बेहोरेका व्यक्ति यस्तो अन्धविश्वासमा सजिलै फस्ने गरेका छन्।

काठमाडौंमै मानव खप्पर, हड्डी र वनझाँक्रीको पन्जा

महाशाखाका अनुसार काठमाडौंमै मानव खप्पर, हड्डी र वनझाँक्रीको पन्जा खरिदबिक्री र भाडामा उपलब्ध हुने गरेको छ। महाशाखाका एक अनुसन्धान अधिकारीका अनुसार पेसेबर जुवाडेले देशभित्र र बाहिर करोडौंको जुवा खेल्न जाँदा यस्ता वस्तु आफूअनुकूल खरिद गर्ने वा भाडामा लिएर जाने गरेका छन्।

प्रहरीले अनुसन्धान टुंग्याएको गत असारको एउटा घटनामा मानव खप्पर र हाडखोर काठमाडौं चावहिल मित्रपार्क चोकमा रहेको एउटा पसलबाट खरिद गरेको पुष्टि भइसकेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा बरामद मानव खप्पर मित्रपार्कमा रहेको जडीबुटी पसलबाट १९ हजारमा खरिद गरेको बयान पक्राउ परेका अभियुक्तले दिएका थिए।

प्रहरीका अनुसार सीता सिवाकोटीले सञ्चालन गरेको उक्त पसलमा पक्राउ परेका कानु पहरीले आफूले पहिला पनि खरिद गरेको बताउँदै मानव खप्पर मागेका थिए। सीताका ससुरा प्रेम सिवाकोटीले सञ्चालन गर्ने उक्त पसलमा ससुराको मृत्युपछि उनी बस्दै आएकी थिइन्।

प्रहरीले बेलाबेला विभिन्न घटनामा पक्राउ पर्ने तान्त्रिकका साथबाट समेत मानव खप्पर खरिदबिक्री भइरहेको आधारमा सोही समय गौशाला, चावहिल, गुह्येश्वरीसहितका स्थानमा खोजी गरेको थियो। ‘चिहानबाटै निकालेरसमेत खरिदबिक्री हुन्छ भन्ने सुचना पाएका थियौ, तर फेला परेन,’ ती अधिकारीले बताएको समाचार नागरिकन्युजमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution