हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । सन् २००० देखि संयुक्त राष्ट्र संघले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई बहुभाषिक र बहुसांस्कृतीक जनसंख्या अनि त्यो जनसंख्यासंग जुटेका विविध भाषाको कदर स्वरुप हरेक वर्षको फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा मनाउन आग्रह गरेको थियो ।
मानव सभ्यता अनि अभिब्यक्तिकालागि भाषा एउटा महत्वपूर्ण आधार हो | भाषाका माध्यमबाट हामीले हाम्रा धेरै प्रत्यक्ष अनि परोक्ष सांस्कृतीक सम्पत्तिहरुको रक्षा र संग्रह गर्दै आएका छौं | त्यसैले त आज पनि भाषा अनि लिपिमा लिपिबद्ध दस्तावेजहरु श्रीमद्ध भाग्वत गीता, कुरान, बाईबल, त्रिपिटक आदि थुप्रै ग्रन्थ अनि वेदहरु जोगाएका छौं । नत्र भाषा नहुने हो भने यी हज्जारौं वर्ष अगाडिका ग्रन्थहरु आज पनि हाम्रा सिरानी, सन्दुक तथा मनभित्र कहाँ हुन्थे र ?

आफ्नै मातृ भाषामा विद्यालय अनि विश्वविधालयका पाठ्यक्रमहरु उपलब्ध भएमा अध्यन कति सहज हुन्थ्यो होला | यस्ता प्रकारको सहज सिकाई अनि पाठ्यक्रममा पनि जोड दिन जरुरी छ । राष्ट्रिय भाषा नेपाली त हाम्रो मुटुमै छँदै छ तर मातृभाषाको स्वादमा विषयबस्तुको सहज बुझाई पनि मानव अधिकार हो । कमसेकम शुरुवाती सिकाईहरु मातृभाषामा भर्इदिए हुर्कंदै गरेका केटाकेटीहरूका बुझाइका लागि विषयबस्तुहरु उसकालागि सहज र सरल हुन जान्छ ।
भारतबाट पाकिस्तान छुट्टिएपछि अहिलेको बङ्गलादेशलाई पूर्वि पाकिस्तान भनिन्थ्यो । आजको दिन सन् १९५२ मा बङ्गाली भाषाको औपचारीक प्रयोगकालागि बङ्गला युवाहरुले गरेको प्रदर्शन अनि त्यसमा मारिएका भाषाप्रेमी शहिदहरुको बलिदानको सम्झना स्वरुपमा मनाईन्छ । स्मरण रहोस् भारत र बङ्गलादेश मात्र यस्ता देश हुन जसको राष्ट्रगान एकै ब्यक्तिले रचना गरेका थिए, उनी हुन पण्डित रविन्द्र नाथ टेगौर । संसारमा यो भाषगत् अनि राष्ट्रिय पहिचानका मूलस्तम्भ राष्ट्रिय गान नै एकै कवीले लखेको उदहारण अहिलेसम्म अन्यत्र छैन् ।

यो विशेष दिन विश्वव्यापी रूपमा मातृभाषाको महत्व र यसको संरक्षणार्थ जनचेतना फैलाइन्छ । आजकै दिन सन् २००२ मा लोप हुन लागेका करीब ३००० भाषाप्रति मानिसहरुको ध्यानाकर्षण गराउने अाैपचारिकता अारम्भ गरिएको थियो । त्यस वर्ष UNESCO ले “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराकासाथ लोप हुनलागेका भाषाहरुमा सम्बन्धि समाजलार्इ प्रकाश पार्न महत्वपूर्ण कदम चालेको थियो ।
पहिचानको दौडमा बेजोडले कुदिरहेको नेपाल अनि नेपालीका परिवर्तित आकांक्षाहरुले सम्पूर्ण नेपालीहरुका भाषा अनि पहिचानलाई आत्मसाथ गर्दै अगाडि बढ्न सकुन्, भाषा अनि बोली दुबैको सम्मान होस् । @ हाम्रो पात्रो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution