इजरायली केयर गिभर नै वृद्धा आश्रममा बिरामीलाई कुटपिट गरेको भिडियो भाइराल

तेलअविव – इजरायलको हाइफ़ा स्थिति एक सरकारी वृद्धा आश्रममा इजरायली केयर गिभरहरुले नै वृद्धा बिरामीहरुलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ | सधै बिदेशी कामदार केयरगिभरले इजरायली वृद्धा बिरामीहरुलाई कुटपिट गरेको भन्दै आरोप र आलोचन बीच इजरायली केयर गिभरले नै सरकारी वृद्धा आश्रममा गरेको दुर्व्यवहारले इजरायली नागरिकहरु नै लज्जित भएका छन् भने बिदेशी कामदारहरुले केयर गिभरको काम कति सहनशिल छन् भन्ने कुरो इजरायली नागरिकले स्वयमले यस घटनाबाट पाढ सिक्ने छन् भन्ने प्रतिक्रिया सामाजिक संजालमा लेखेका छन् |
एक जना इजरायली नागरिकलाई तामाङअनलाइनका प्रतिनिधिले वृद्धा आश्रममा इजरायली कामदारले पनि वृद्धा बिरामीहरुलाई कुटपिट गरेछन् भन्ने प्रश्नमा कुटपिट गरेको भिडियो समाचारमा हेरेको तर इजरायली हुन् कि होइन भन्ने स्पस्ट जवाफ दिन इन्कार गरे जबकी भिडियोमा इजरायली कामदार भनेर बताईसकेका छन् |