इजरायलमा ग्याल्पाे लोसार कप फुटसल प्रतियाेगिता हुने

तेलअविव: शेर्पा संघ इजरायल द्वारा ग्याल्पाे लोसार २१४४ काे पावन अबसरमा तेलअविवमा फुटसल प्रतियाेगिता ग्याल्बो लोसार कप -२०१७ काे अायाेजना गर्ने भएको छ |
संघले “एकता र मित्रताका लागी फुटसल प्रतियाेगिता”काे भन्ने नारा सहित फुटसल प्रतियोगिता आयोजन गर्न लागेको गत हप्ताको शुक्रबार १७ तारिख पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए |
फुटसल प्रतियोगिताको संयाेजक मिङमार शेर्पाले मार्च ३ र ४ तारिख शुक्रबार/शनिबार हुने फुटसल प्रतियाेगिता फिफाकाे नियम अनुसार हुने बताउनु हुदै १२ टिमकाे सहभागिता रहेको जानकारी दिएका थिए |
शेर्पा संघ इजरायलका अध्यक्ष अाङ छिरी शेर्पाले आयोजकले तोकिएको समयमा सम्पूर्ण टिमलाई उपस्थित हुनुपर्ने र केहि गरी समयमा उपस्थित हुन नसकेको टिम सिधै नकआउटमा जाने भएकोले समयलाई ध्यान पुर्याउनु भई सम्पूर्ण टिमलाई उपस्थित हुन र हरेक टिमलाई आफ्नो खेल तालिकाको समय अगावै तयारी भई रहन सबैलाई अनुरोध गर्नु भएको थियो |
खेल मार्च ३ तारिख शुक्रबार ठिक ४ बजे देखि शुरु हुने भएको छ | खेलमा सहभागी हुना ७ सय सेकल टिम दर्ता शुल्क रहेको जानकारी दिएको थियो भने खेल समय ५० मिनेट हुने भएको छ ।
पहिलो खेल मार्च ३ तारिख शुक्रबार कायापलट र शेर्पा सँघ इजरायलको ग्रिन टिम बिच हुने भएको छ |