जापानमा ग्याल्बो लोसार भव्यताको साथ मनाउने तयारी

जापान : शेर्पा संघ जापानले शेर्पाहरुको महान चाड मे मो च्या लो (चरा वर्ष) २१४४ को अवसरमा फागुन २२ गते ग्याल्बो ल्होसार कार्यक्रम आयोजना गर्ने भएको छ ।
जापानको राजधानी टोकियोमा हुन गइरहेको ल्होसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको आयोजक शेर्पा संघ जापानका अध्यक्ष लाक्पा गेलु शेर्पाले जनाएका छन् ।
टोकियोस्थित मन्दिर रेष्टुरेन्ट आयोजना गरिने सो कार्यक्रममा जापानस्थित राजदूत, आदिवासी जनजाति महासंघ जापान अन्तर्गत सबै जातीय संगठन, समाजसेवी तथा जापानवासी शेर्पा तथा गैरशेर्पा समुदायलाई समेत आमन्त्रण गरिएको छ ।
तोकिएको स्थानमा बिहान ११ देखि बेलुका ६ बजेसम्म हुने कार्यक्रममा शेर्पा समुदायको सांस्कृतिक पोशाक प्रदर्शन, सांस्कृतिक नृत्य, नेपाली पहिचान झल्किने विभिन्न नृत्यहरु तथा कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।