हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

नयाँ रुट मार्फत चोरबाटो हुँदै नेपालीहरुअमेरिका जाने क्रम जारी, पचासहजार अमेरिकी डलर तिर्ने ’क’ वर्गमा

काठमाडौं, ६ फागुन – राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि धरपकड बढाए पनि अमेरिका छिर्न जानेको लस्कर अझै रोकिएको छैन। दक्षिण अमेरिकी मुलुक कोलम्बिया हुँदै मेक्सिकोतर्फ लाग्ने नेपालीसहित विभिन्न विदेशीको संख्या अझै उत्तिकै रहेको त्यहाँबाट प्रत्यक्षदर्शीले बताएका छन्।
कोलम्बिया कटेर पानामा कपुरगाना जंगलमा पुगेका २१ नेपालीमध्ये एक जनाले फोटोसमेत पठाउँदै भने, ’अमेरिका पुगिन्छ भन्ने आस मरेको छैन।’ उनका अनुसार उनीहरूको टोलीमा २५ जना छन्। तीमध्ये ४ जना भारतीय हुन् भने बाँकी नेपाली। कपुरगाना जंगल हिंडेर पार गर्न कम्तीमा ४ दिन लाग्ने आफूलाई भनिएको उनले जानकारी दिए।

उनकै समूहका एक भारतीय नागरिकले आफ्ना ’एजेन्ट’ लाई सुरक्षित रुपमा जंगल पुगेको र साथमा बढी मात्रामा नेपाली रहेको भन्ने टेलिफोनबाट जानकारी गराएको अडियो रेकर्ड कान्तिपुरलाई प्राप्त भएको छ। ’चिन्ता नलिनुहोस्, हामी अघि बढिरहेका छौं’, उनले हिन्दीमा भनेका छन्, ’साथमा नेपाली छन्, ढुक्क छौं।’

अधिकांश भारतीयले दक्षिण अमेरिकी मुलुकमा आफूलाई नेपाली नै भनेर चिनाउने गर्छन् । भारतसँग प्रायस् मुलुकको सुपुर्दगी सन्धी भएकाले पक्राउ परेमा फिर्ता पठाइदिनुपर्छ । नेपाली भन्यो भने देश निकाला गरेर अगाडि मुलुकतिर छाडिदिन्छन्।

पानामाका एक होटल व्यवसायीले टेलिफोनमा दिएको जानकारीअनुसार उनको होटलमा मात्र महिनाको सरदर दुई सय नेपाली बस्ने गरेका छन् । बाटामा पर्ने सयौं होटल अमेरिका छिर्न चाहनेले दैनिक भरिभराउ हुने गरेको उनले सुनाए। ’हामीकहाँ एजेन्टले ल्याउने हुन्’, उनले भने, ’मकहाँ सम्पर्क भएका एजेन्टले बढी मात्रामा नेपाली ल्याउँछन्।’

कोलम्बियाको राजधानी बोगोटामा व्यवसाय गरेर बसेका छत्रबहादुर मैनालीले पनि उक्त बाटो भई नेपाली जाने क्रम नघटेको बताए । ट्रम्प उम्मेदवार हुनुभन्दा अघिदेखि मानव तस्करी गरी बीचमा पुर्‍याइएका थुप्रै व्यक्ति रहेका कारण यस्तो भएको उनको अनुमान छ।

तिनलाई अमेरिका छिराउन सकिने आश्वासन दिंदै दलालले लाने गरेको पाइएको छ । ‘एक त तस्करीमा परेकालाई बदलिंदो राजनीतिबारे कमै थाहा हुन्छ’, मैनालीले भने, ‘दोस्रो दलालले यति विश्वस्त गराएका हुन्छन् कि अलपत्र परिन्छ भन्ने उनीहरूलाई शंकै हुँदैन।’

उनका अनुसार त्यसरी अघि बढ्ने आप्रवासीले पानामाको जंगलमा कम्तीमा ४ दिन हिंडेपछि सुरक्षाकर्मी भए ठाउँ पुगी आत्मसमर्पण गर्छन् । केही दिन राखेर तिनलाई देश छाड्ने आदेशपत्र दिइन्छ । त्यही आधारमा उनीहरू कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुग्छन् । हरेक देशमा उस्तै तरिका अपनाउँछन् ।

त्यही रुटबाट एक वर्षअघि अमेरिका पुगेका एक नेपालीले टेलिफोनमा दिएको जानकारीअनुसार म्याक्सिकोको तापाचुला पुगेर उनीहरू फेरि सुरक्षाकर्मीसँग आत्मसमर्पण गर्छन् । त्यहाँ पनि केही दिन राखेर देश छाड्ने पत्र दिइन्छ । त्यही आधारमा उनीहरू अमेरिकाको क्यालिफोर्नियाको सीमावर्ती मेक्सिकोको तिजुआना विमानस्थलमा उडेर पुग्छन् ।

’मेक्सिकोबाट अमेरिकातिर छिर्ने बार नाघ्न नजिकै भाडामा भर्‍याङ राखिएका हुन्छन् । २० अमेरिकी डलर लिन्छन् । म पनि त्यही भर्‍याङ चढेर आएको हुँ’, उनले भने, ‘एकैछिनका लागि भर्‍याङ समाइदिन्छन् । जब माथि पुगिन्छ, फुत्तै झिक्छन् । हामीले ब्वाङ्ग हाम फाल्नुपर्ने हुन्छ । जब अमेरिकी भूमितिर परिन्छ, काम सकियो ।’

अमेरिकी सेनाले केही दिन थुनेर शरणार्थीका रूपमा मान्यता दिने भएकाले मानव तस्करले यो विधि अपनाउँदै आएका हुन् । त्यसरी पुग्नेलाई भागेर आएको होइन, ’मानव तस्करीमा परेको’ रूपमा यसअघि लिइँदै आएको छ । ट्रम्पको नीतिले त्यसलाई निरुत्साहन गरेको छ।

तस्करीको रुट :

नेपालसहित अधिकांश एसियाली मुलुकबाट तस्करी गरी लगिनेहरूलाई सबैभन्दा पहिला पुर्‍याउने मुख्य मुलुक हो सुरेनेम । त्यहाँबाट लगिएका व्यक्तिको वर्गअनुसार देश र मार्ग फरक–फरक गर्ने गरिएको स्रोतले जनायो।

पचास हजार अमेरिकी डलरभन्दा बढी तिरेर जाने वा ’पावरफूल’ व्यक्तिहरूलाई दलालले ’क’ वर्गमा राख्छन्। ‘तिनलाई हरेक देशबाट सुविधाजनक ढंगले मेक्सिको पुर्‍याउन दाउ हान्छन्’, स्रोतले भन्यो, ’ब्राजिल लगेर सिधै मेक्सिकोको उडान गराउनु पहिलो प्राथमिकता हुन्छ । मिलेन भने इक्वेडरबाट र त्यहाँबाट पनि मिलेन भने कोलम्बियाबाट उडाउँछन्।’

’ख’ वर्गका ती हुन्छन् जो सुरेनेमबाट गुयाना, ब्राजिल, इक्वेडर हुँदै कोलम्बिया ल्याइन्छन् । तिनलाई प्रायस् ट्याक्सीमा चढाउने गरिन्छ । कोलम्बियाबाट पानामा हुँदै विभिन्न देश पार गराएर मेक्सिको पुर्‍याइन्छ।

सबैभन्दा पीडित ’ग’ वर्गका हुन्छन् । तिनलाई प्रायस् ’ख’ कै मार्ग प्रयोग गरे पनि धेरैजसो ट्रकमा चढाइन्छ। अधिकांश हिँडाइन्छ । ’खाना पनि निम्न गुणस्तरको हुन्छ । कति छाक त भोकै हुनुपर्छ । सुत्न भैंसीजस्तै १५–२० जनालाई एकै ठाउँमा खाँदिन्छ’, यस्ता दृश्य दैनिकजसो देख्दै आएका मैनालीले सुनाए, ’दलालले कुट्नेपिट्नेसम्म गर्छन् । कतिपय बाटामै मृत्यु हुने प्रायस् ग वर्गका हुन्।’

उनका अनुसार नेपाली सितिमिति ’क’ वर्गमा पर्दैनन्। ’ख’ मा ५ प्रतिशत हाराहारी पारिन्छन्। बाँकी सबै ’ग’ मा। जुनसुकै वर्गमा पारेर लगिए पनि कम्तीमा ३५ लाख रुपैयाँ खर्च भएको हुन्छ। तीमध्ये केही महिलासमेत हुन्छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution