सरकारले विश्व साहसिक धाविका मीरा राईलाई ३० लाख रुपैयाँ सहित सम्मान गर्ने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा विश्व साहसिक धाविका मीरा राईले ३० लाख रुपैयाँसहितको सम्मान पाउने भएकी छन्।
प्रचण्डको निर्देशपछि मीरालाई युवा तथा खेलकुद मन्त्रालयले ३० लाख नगत सहितको विशेष सम्मान गर्न लागेको होे। राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि तीन लाख रुपैयाँसहित सम्मान गर्ने खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिए।
राई टेलिभिजन नेसनल जोग्राफीले सार्वजनिक गरेको उत्कृष्ट वर्ष व्यक्ति समेत हुन्। नेसनल जोग्राफीले प्रदान गर्नेे पुरस्कार ग्रहणका लागि मीरा अहिले संयुक्त राज्य अमेरिकामा छिन्।
भोजपुरकी राई जनयुद्धका बेला सानै उमेरमा माओवादी लडाकुमा प्रवेश गरेकी थिइन्। पछि सेना समायोजनका समयमा उनी अयोग्य लडाकु घोषणा भएकी थिइन्।
आर्थिक अभावका कारण मलेसिया जान तयार रहेकी मीरा बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक मल्लको खर्चबाट खेल जीवनमा प्रवेश गरेकी हुन् । मीरा गत वर्ष फ्रान्समा सम्पन्न विश्व म्याराथुनमा १७ वर्षअघिदेखिका विश्वविजेतालाई पछि पार्दै च्याम्पियन बनेकी थिइन्।