हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

साईप्रसमा तामाङ ल्होछार भव्यताको साथ सम्पन्न

साईप्रस । नेपाल तामाङ घेदुङ साईप्रसको आयोजनामा “तामाङ जातिको उत्थान, भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने मुल नाराका साथ महा-मञ्जुश्री संम्वत २८५२सोनाम ल्होछार ‘ टे ‘ल्हो (बॉंदर वर्ष) लाई बिदाई गर्दै सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा वर्ग) लाई स्वागत गर्दै बृहत सॉंस्कृतिक कार्यक्रम भव्य रुपमा मनाइएको छ। घेदुङ साईप्रसले स्थापना भएको स्थापना भएको प्रथम वर्षमा नै बृहत सॉंस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।

नेपालबाट अतिथि कलाकारहरु चर्चित म्हेन्दोमाया गायक तथा बरिष्ठ संगीतकार हेम वाइबा र साउथ एसियन स्टार पप लोक सेलो गायक, गीतकार तथा संगीतकार अशुसेन लामाको दर्जनौं सांगीतिक कोसेलीहरु पस्किएर बेजोड प्रस्तुतिद्वारा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

स्थानीय कलाकारहरुबाट शुरु भएको दोश्रो चरणको कार्यक्रमको सन्चालन नेपाल तामाङ घेदुङ साईप्रसकी महासचिव मनमाया तामाङ (माया लोप्चन) र लक्ष्मी ब्लोन तामाङले संचालन गरेका थिए।

साईप्रसको चारैतिर छरिएर रहेका नेपालीहरुको उपस्थितिले नै कार्यक्रम भव्य रुपमा सफल भएको नेपाल तामाङ घेदुङ साईप्रसकी महासचिव मनमाया तामाङ (माया लोप्चन)ले जानकारी दिएकी छिन् ।

एनआरएनए/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) साईप्रसकी महिला प्रतिनिधि तथा चितवन सेवा समाज साईप्रसकी अध्यक्ष जसमाया पुन मगर प्रमुख अतिथि र विशेष अतिथिको रुपमा एनआरएनए/ एनसीसी साईप्रसका अध्यक्ष सुवास मल्ल र एनआरएनए साईप्रसका उपाध्यक्ष विरन पुन मगर थिए भने अतिथीहरु एनआरएनए साईप्रसका महासचिव सन्तोष बडाल , एनआरएनए साईप्रसका युवा प्रतिनिधि योवाङ घले ,संघिय समाजवादी फोरम साईप्रसकी अध्यक्ष सोनिया शेर्पा, शेर्पा किदुक साईप्रसकी उपाध्यक्ष जेनी शेर्पा, अन्तराष्ट्रिय कलाकार मंच साईप्रसकी अध्यक्ष कोपिला दाहाल सुवेदी , नेपाल तामाङ घेदुङ साईप्रसकी प्रमुख सल्लाहकार ज्ञानु तामाङ, याङ्की ह्योल्मो ,खुशी कार्की , निलु खनाल ,सुरेश शाह लगाएतको उपस्थिति तथा नेपाल तामाङ घेदुङ साईप्रसकी अध्यक्ष सितामाया तामाङ(नानु गोम्जा) को सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन नेपाल तामाङ घेदुङ साईप्रसकी महासचिव मनमाया तामाङ (माया लोप्चन) ले संचालन र नेपाल तामाङ घेदुङ साईप्रसकी सचिव लक्ष्मी ब्लोन तामाङकी स्वागत मन्तव्य दिएकी थिईन्।

साईप्रसको लिमासोलमा आयोजना भएको कार्यक्रममा राष्ट्रप्रति सम्मान स्वरुप राष्ट्रिय गान बजाई शुरुवात गरिएको थियो। नेपाल तामाङ घेदुङ साईप्रसकी सचिव लक्ष्मी ब्लोन तामाङकी स्वागत मन्तव्यबाट शुरु गरिएको कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई चरणमा गरिएको थियो। प्रमुख अतिथि र सभापतिद्वारा संयुक्त रुपमा नाङ्साल प्रज्वलन गर्दै औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो। @ परदेशी खबर 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution