नेवा:खल इजरायलको सातौ अधिवेशन सम्पन्न ,अध्यक्षतामा अरोह श्रेष्ठ

तेलअविव – रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेवारहरूको संस्था नेवा:खल इजरायलले नयाँ अनुहारका साथमा फेरबदल गर्दै नयाँ नेतृत्व चयन गरेको छ । संस्थाले आफ्नो स्थापनाको ७ बर्ष पुगेको अवसरमा विशेष सभाको आयोजना गरी ७ औ अधिवेशन सम्पन्न गरेको छ ।
यस संगै नेवा:खल इजरायलले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको अधिवेशन मार्फत अरोह श्रेष्ठको अध्यक्षतामा १९ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ । समितिको पदाधिकारीहरुमा क्रमश – अध्यक्ष अरोह श्रेष्ठ, उपाध्यक्षमा शुनिता श्रेष्ठ ,महासचिव रेखा श्रेष्ठ, सचिबम सपना श्रेष्ठ , कोषाध्यक्ष मैना श्रेष्ठ , सहकोषाध्यक्ष मिकिसा माथेमा, सदस्यहरुमा शंकर श्रेष्ठ , प्रविन श्रेष्ठ, बिरेन्द्र श्रेष्ठ, कुशुम श्रेष्ठ, नानी श्रेष्ठ , नानु श्रेष्ठ, शंकर प्रधान, शंतोशी श्रेष्ठ, बिजय श्रेष्ठ , बिमला श्रेष्ठ, राम प्रधान र नैना श्रेष्ठ रहेका छन् |
त्यस्तै साधारण सदस्यहरुमा हिरा देबि श्रेष्ठ , राधा जोशि, मिरा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रमा जोशी, गंगा बज्राचार्य, गोमा श्रेष्ठ, बबिता श्रेष्ठ, नारायणी मानन्ध, र अनिता श्रेष्ठ रहेका छन् ।
त्यसै गरी सल्लाहकारहरुमा पुष्प श्रेष्ठ, नरेश श्रेष्ठ , श्याम श्रेष्ठ र सम्झना श्रेष्ठलाई चयन गरिएको संस्थाकी महासचिव रेखा श्रेष्ठले जानकारी दिए की छिन् ।
नेवा:खल इजरायलले जातिय पहिचान हाम्रो आधार भन्ने मुलनाराका साथ आफ्नो धर्म, संस्कृति तथा रितिरिवाजका साथै आफ्नो पहिचान बचाई राख्नका लागि पनि आफुहरु एकजुट भएर अगडि बढ्ने अध्यक्ष श्रेष्ठले बताए । आफ्नो कामको बाबजुत पनि प्रवासमा रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको नेवा: खल इजरायलले नयाँ नेतृत्व लिए संगै अझ सक्रिय रुपले नेवारहरु आगाडी बढ्ने बताए । @ बीबीसीईन्यूज |