कतारमा ८० जना नेपाली ४ महिना देखि अलपत्र

बैदेशिक रोजगारको क्रममा कतार स्थित सनैया ४१ मा दाया एच बि ए कम्पनी पछाडीको क्याम्पमा ८० जना नेपाली ४ महिना देखि अलपत्र परेको छन् | नयाँ शक्ति नेपाल पार्टीका केन्द्रिय सदस्य तथा कतारका संयोजक बि बि खराल , मुस्लिम बिभाग समयोजक इब्राइम मिया ,कलिम मिया बसिर मिया ४ जनाको नेतृत्वमा उनीहरुको समस्या बुझी नेपाल फिर्ता मगाउन नेपाल सरकारका प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् |
दूतावासले गम्भीरता नदेखाएका कारण नेपाली अलपत्र परेको पीडितहरुले बताए । हालको मुख्य समस्या दुई महिना देखि खानामा समस्या भएको र कम्पनीको मालिक र कर्मचारी सम्पर्क बिहिन रहेको र आफुहरुको मुद्दामा दूतावासले कुनै चासो नदेखाएको गुनासो नेपालीहरुले बताएको युवा नेता बि बि खराल तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
युवा नेता खरालले कतारमा रहेका बिभिन्न संघसंस्था ,ब्यापारीहरुलाई सहयोग गरिदिन अपिल समेत गरेका थिए भने सरकारले यथाशीघ्र वहाँहरुलाई नेपाल फिर्ताको लागि सहयोग स्वरुप उदार गर्न अपिल समेत गरेका थिए |